Posted by: machschnell December 1, 2023
"श्रीमतिको अर्कै संग सम्बन्ध रहेछ "
Login in to Rate this Post:     1       ?         Liked by
बन्दे डीभी २०२३ जी, अब देखि हजुरले ४ वर्ष हो कि २ वर्ष हो कि १२ वर्ष अगाडिको "धागा" हरुको प्रसङ्ग झिक्दा त्यो धागोको लिंक पनि footnote जस्तो गरेर राखिदिनु होला। हामी बबुरा हरूको हजुरको जस्तो तीक्ष्ण स्मरणशक्ति कहाँ हुने र? आज बिहान के खाएको त सम्झना हुँदैन हामी आम जनता लाई। सबैलाई हजुर आफू जस्तै विलक्षण प्रतिभा भएको भन्ने नसम्झ्नुस न हजुर। हामी त साधारण मनुवा पो पर्यौं।

हजुरले भन्नु भएको राधिकाको निगुरो प्रकरण बल्ल बल्ल यहाँ फेला पर्यो

अर्को उदाहरणको लागि अन्डर वेयर ज्यूको अर्कै राधिका प्रसङ्गको पनि याद आयो ।अब यत्तिकै त्यो धागाको प्रसङ्ग निकालेर हामीजस्ता सर्वसाधारणलाई कन्फ्युज गर्नु साटो "यहाँ पढ्नुस् अन्डर वेयर जी को ३ वर्ष पुरानो राधिका प्रकरण।"

अब माथिको १ मा थिच्ने वित्तिकै त्यो धागोमा पुगियो

यो केवल उदाहरण मात्र हो वन्दे डीभी ज्यू तर हजुर बाट हामी माथि त्यति निगाह भएदेखि हजुरका विद्वतापूर्ण लेखाइहरू हामीजस्ता साधारण मनुवा ले पनि सहजै पढ्न सक्ने र साथसाथै context पनि बुझ्ने सौभाग्य पाउने थियौं।

अनि अलि वाक्य शुद्धाशुद्धि मा पनि हजुरले अलि ध्यान पुर्याउने हो भने त हजुर लियो टोलस्टोई भन्दा पनि केही कम हुनु हुने छैन। हजुरको यो विलक्षण प्रतिभा देख्दा यहाँ ईर्ष्या गर्ने धेरै छन्, र हजुरले यी कुराहरूमा ध्यान पुर्याउने हो भने त ती ईर्ष्यालु हरु मरे तुल्य नै हुनेछन्।
Last edited: 01-Dec-23 10:24 PM
Read Full Discussion Thread for this article