Posted by: machschnell November 17, 2023
FDA to release vaccine data only after 75 years
Login in to Rate this Post:     0       ?        

अण्डरवेयरजी, हजुरले इन्डी पन्डितजी र वकाब माइन्ड जी को selfless, public service का भावनाहरुले ओतप्रोत र deeply researched post हरुको त्यत्तिकै आलोचनामा उत्रिनुभएको जस्तो लाग्यो।

जसरी born again christians वा born again अन्य कुनैपनि धर्मावलम्बीहरूले जीवनको कुनै मोडमा पुनः धर्मको मर्म finally बुझेको महसूस गर्छन् नि, त्यतिखेर उनीहरू आफ्नो त्यो नयाँ ज्ञान सबैजना संग share गर्न लालायित हुन्छ्न्। तपाईँको आफ्नै कुनै आफन्तले पनि suddenly धर्मकर्म मा लाग्न थालेर अनि सारा आफन्तजन लाई त्यो ज्ञान suddenly, without being asked, बाँड्न आतुर भएको अनुभव गर्नु भएको होला।

अब इन्डी पन्डितजी र वकाब माइन्ड जी ले बार बार यो फोरम मा आफ्नो यो ज्ञान पनि पूर्ण सेवाभाव र नेपाली मूलका संसारभरका diaspora को कल्याणका लागि नै पेस्ट गर्नुभएको जस्तो लाग्यो।

हुन पनि यो ब्लेक रक (कालो ढुङ्गो) र भ्यान गार्ड ले त निश्चित रूपमा सबै तिर हात हालेका रैछन्। ओहो कति विधि लगानी रैछ यिनको। हैन तर मैले नबुझेकाे चाई के भने यो सबै पैसा उनीहरूको आफ्नै पैसा हो कि यो पैसा investors हरुको पैसा इनको portfolio मा भएको मात्र हो ? अनि ती कम्पनीमा इनको controlling interest चाई कति रैछ कुन्नि।

यो कालो ढुङ्गे ले सबैभन्दा बढी त apple inc मा पैसा हालेको रैछ। यो चाहिँ तिनीहरुको 13F filing मा रैछ। हैन के हो यो "तेह्र फ" भनेको?

अनि मेरो आफ्नै 401k "चार सय एक क" चाहिँ त्यो vanguard भ्यान गार्ड भन्ने जन्तुले सम्हालेको रैछ। त्यो भ्यान नै लिएर त्यो गार्ड सुइँकुच्चा ठोक्ने त हैन?

अब हामी पर्यौं "msm" मेन् स्ट्रीम मीडिया का अन्धा अनुयायीहरू। कुनै critical thinking नगरी भेडा सरह ज़ल्ले जता लग्याे उतै बहकिने भयौ हामी। ........अब इन्डी पन्डितजी र वकाब माइन्ड जी जस्ता तीक्ष्ण मस्तिष्कका धनी व्यक्तित्वहरूको अनुसन्धानात्मक र समाजसेवाको भावनाले ओतप्रोत paste post हरु नहुँदा हुन् त हामी जस्तालाई इन्जेक्सन हानेर अकालमै खलास गरेर यी कालो ढुङ्गे र भ्यान गार्ड प्रवृत्तिकाले हाम्रो लगानी, हाम्रो "चार सय एक क" र हाम्रो दिमाग पनि एकलौटी गरिसकेका हुन्थे।

अण्डरवेयरजी, मेरो विचारमा त इन्डी पन्डितजी र वकाब माइन्ड जी दुवै लाई हामी जस्ताले साधुवाद दिनु र अभिवादन गर्नु जरुरी छ


Read Full Discussion Thread for this article