Posted by: Bennedict November 8, 2023
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Login in to Rate this Post:     0       ?        
"दासैमा मासु चिउरा र चिया नास्ता खादा किन सबैले थु थु गरेको भने मैले ऐले सम्म बुझ्न सकेको छैन ?"
मैले त थु थु गरेको छैन, बरु अजीब लाग्यो चै भनेको हुँ।

"अरु दिन त सामान्य चिया , नास्ता , आलु अचार , खिर , थुक्पा जे जे छ तेही हुन्छ मेरो पनि नास्ता ?"
यो त झन अजीब भन्दा नि महा -अजीब पो भयो त। अरु दिन बिहान बिहान थुक्पा, आलुको अचार खाइन्छ तपाईंको मा? राम राम। अन्डा, जुस, दुध, पाउरोटी, मक्खन, बटर आदी भनेको भए सामान्य हुन्थ्यो होला तर "थुक्पा, आलुको अचार"??? दिउसो खाने बिहान, अनी बिहान खाने राती है, तपाईंकोमा त अचम्मैको चलन रहेछ हो। जे होस्, तपाईंको लाइफ हो, तपाईंको इच्छा गर्नुस्।

"टपरे बाहुन" अनी "दिनभरी भट्ट, रात भरी राई" भन्ने तपाईं नै हो। अब हामीले भनेका त हैनम हो। यस्तो साम्प्रदायिक उखान हाल्दा तपाईंले नचाहदा नचाहदै अरु जात, धर्म प्रती ठेस पुग्न सक्छ हजुर, होस् पुर्याउने हो कि? बाहुन मात्र हैन, यहाँ साझाका "राई-लिम्बु" हरुले यस्तो उखान सुने तपाईंलाई "तैले भन्न खोजेको के, रेसिस्ट किरा" भने चै के गर्नुहुन्छ कुन्नी?
Read Full Discussion Thread for this article