Posted by: Nepe January 6, 2005
A leaf, a solitary one.
Login in to Rate this Post:     0       ?        
दादागिरीजी, म त उँधो होईन, उँभो हुँदो पो सरें बसाईं- नयाँकोट तिर । बसाईं भन्दा लिल बहादुर क्षेत्रीको उपन्यास "बसाईं" को सम्झना आउँछ, र फेरि तर्पे तर्पे तपाईंको कथाहरुको सम्झना आउँछ । घच्चीका ठेट नेपाली कथा लेख्नुहुन्छ तपाईं । तर क्यार्नु, तपाईं erotica मिसाएर हामी भलादमी पल्टेका बुज्रुकहरुलाई कोक्याएको स्वाँङ पार्दै कथा पढ्नु पर्ने बाध्यतामा पार्नुहुन्छ । --------------- तपाईंको कविताको अन्तिम पँक्ति त यस्तो मौलिक छ; एउटा नयाँ शैली नै पादुर्भाव भयो कि जस्तो लाग्छ । शैली नै नभए पनि विम्ब चै पक्कै हो नयाँ । मलाई निराशावाद त्यति रुच्दैन । तर संक्रमणकालिक निराशालाई भने सकारात्मक अर्थमा हेर्न सकिन्छ भन्ने मेरो आग्रह छ ।
Read Full Discussion Thread for this article