Posted by: Bennedict October 26, 2023
Login in to Rate this Post:
0
?
म त भन्दिन "मेरो मन नेपालमा छ भनेर" नो नेभर। प्लिज यसरी अज्जम्शन चै गरी नहालौ। १५-१६ बर्ष अमेरिका बिताएको मान्छे आफु मैले नेपालमा के हुन्छ के हुन्न सबै राम्रै बुझेको छु भन्नु पर्ला। हजुर, नेपाल छाड्दा लोड शेद्दिङ, माओबादीले दिएको दु:ख, पानीको अभाव, करप्शन देखेको मान्छे म। १५ बर्ष पछी जाँदा फेरी पनि के परिवर्तन पाए त मैले? घरै घर, पलुशन, उही माओवादी भनाउदो सरकारमा, घुस्खोर सरकारी कर्मचारी, एयरपोर्टमा समेत सामानको वेट बढी भयो भनेर ठाडै घुस माग्ने कल्चर, त्यहा बसेका सो कल्ल्ड आधुनिक भनाउदो यङ जेनेरेशनको करतूतहरु पनि राम्रै देखे। बन्दुक नचल्ला, मान्छे नमर्लान तर बुढा बुढी थुप्रेको देशमा ईन्डियन र चाइनिज थुप्रेको देशमा कसरी भन्नु मेरो मन नेपालमा छ भनेर। सबैले आफ्नो जोहो त गर्नै पर्छ हो, म नाम मात्रको राष्ट्रबादी हुन्न चाहन्न, सरी।
तर मेरो मन नेपालमा भएको पुरानो मठ-मन्दिर, बहाल, पाटी, पौवामा चै छ, हिस्ट्रिमा चै छ, ईतिहास रच्ने ती कलम, साहसहरुको कथामा चै छ।
"मैलै एउटा प्रंसा को जवाफ एस अर नो मा दिनुस ? के ऐले सम्म कुनु संस्कृत आचार्यले अम्रिकामा नरसंहार गरको छ /?"
यसको उत्तर "नो" नै होला। किन भने कुनै संस्कृत आचार्यले अमेरिकामा नरसंहार गरेको चै याद छैन। यो प्रश्न नै ईरिलेभेन्ट छ, खैर।