Posted by: logan October 14, 2023
महानपर्ब बिजया दशमी संग जोडिएको महान व्यक्तित्व
Login in to Rate this Post:     0       ?        
बिजया दशमीको मगलमय शुभकामना सगै सबैमा सतचरित्र आओस , मनमा भएको मैलो र दुसचरित्र हटोस् |

आज घाट स्थापना गर्ने दिन अनि हाम्रो दशैँ पर्वको सुरुआत हुने दिन सबैले जमरा राख्न तम्तयारी हुदैछ होला | हिन्दुस्तानी हरुले दशहरा पर्ब भन्छन | राम स्वयम् भगवानको अबतार भए पनि बालीलाई मारेर सुग्रिब को सहयोग लिई १० दिन सम्म पुजा गरि रावण पराजय गर्न गरेको पुजा को अनुकरण विजयादशमी पर्ब भनि मेरा गुरुले सुनाउनु भएको कुरा साझा समक्ष राख्दैछु | दश टाउका बराबर को ज्ञान भएको रावण लाइ सुन्नेले र सुनाउने सबै एक मत भई दश ओटा टाउका भएको रावण भनि राक्षस बनाउने कान आर्य समाजीको थियो | मेरा गुरु को कुरा मान्दै आएको छु र मान्नुका कारण वहाका तर्कपूर्ण बिस्लेसण कै कारण अहिले पनि रावण राक्षस नभई अनार्य यानी म्लेक्ष जातिको र अतिनै विद्वान भएकै कारण आफना विरोधीको सफाया गर्ने कथा रामायण को कथा हो | राम आफु जान नमिल्ने भै भाइ लक्षमण लाइ रावण मर्नु अघि दिक्षा लिन पठाएका थिए |
गुरुका यी कुरा सुने पछि कहिँ अकारण विद्वान रावण मारिनु गएको कारण रामलाई चित्त नबुझेको हुनाले परेको हुनाले उनैका सम्झनाका लागि दशहरा पर्ब भारत बर्ष मा मनाइन थालिएको र कालान्तरमा किन र के को लागि गरिएको भन्ने कुरा हराएर गयो र हाम्रो महान पर्वको रुपमा मानि आएका छौ |
Read Full Discussion Thread for this article