Posted by: Khaobaadi_Netaa August 23, 2023
आतंककारी भैंसी
Login in to Rate this Post:     0       ?        
https://www.onlinekhabar.com/2023/08/1354387

काठमाडौंको बुद्धनगरमा भैंसी आतंक

फाइल तस्वीर ।

६ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ ।

भैंसीले हान्न सक्ने भन्दै प्रहरीको टोलीले स्थानीयलाई सजग गराइरहेका छन् । पसल सन्चालकहरु पनि आधा सटर बन्द गरेर सतर्क अवस्थामा बसेका देखिन्छन् ।

नयाँ बानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले यो भैंसी कहाँबाट आयो भन्ने यकिन भइसकेको र कसैलाई आक्रमण गर्न सक्ने भएकाले निगरानीमा राखिरहेको जानकारी दिए । ‘घाँटीमा दाम्लो झुण्डिएको छ । भैंसी आतंकित जस्तो देखिन्छ, यताउता दौडिरहेको छ,’ डीएसपी श्रीवास्तवले भने, ‘नाक पनि छेडेको रहेनछ । नाक छेडेको भए पकड्न सजिलो हुन्थ्यो । हामीले अहिले यसलाई वाच मात्र गरिरहेका छौं ।’अहिले उक्त भैंसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलको कम्पाउण्डभित्र छिरेको छ । भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरीले जनाएको छ ।

आज बिहानै बुद्धनगरमा एउटा भैंसी अनियन्त्रित अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बुद्धनगर र नयाँबानेश्वरको दुई वटा प्रहरी टोलीले भैंसीलाई निगरानीमा राख्दै पछ्याइरहेका छन् ।

Read Full Discussion Thread for this article