Posted by: Khaobaadi_Netaa August 18, 2023
युवकले आफ्नो लिंग आफैं किन काटेर फाले ?
Login in to Rate this Post:     0       ?        

https://www.onlinekhabar.com/2023/08/1352160

आफ्नो लिंग आफैं काटेका युवक भन्छन् – बिच्छीले टोकेपछि विष फैलिने डरले काटें

भदौ चितवन । आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् ।

बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए । उनको

शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ ।

चितवनमा उपचाररत ती युवकले अनलाइनखबरसँग कुरा गर्दै होटलको शौचालयमा गएको बेला बिच्छीले लिंगमा टोकेको बताए । त्यसपछि बिच्छीलाई मारेर आफ्नो झोलामा भएको दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनले बताए । त्यसपछि

काटेको भागभन्दा माथि डोरीले बाँधेर आफैं मेडिकलमा गएर औषधि किनेर लगाएको तर रगत बग्न नरोकिएपछि अस्पताल गएको उनको भनाइ छ । ‘पाउडर, मल्हम किनेर लगाएँ तर रगत नरोकिएपछि अब मबाट हुँदैन भनेर अस्पताल गएँ,’ उनले अनलाइनखबरसँग भने, ‘अस्पतालको एकजना डाक्टरलाई अलग्गै बोलाएर भनेँ ।’

Read Full Discussion Thread for this article