Posted by: Bennedict July 20, 2023
Actor Saruk Tamrakar death suspicious
Login in to Rate this Post:     0       ?        
शिकागोअनजी,
आई अग्ग्री, पहिलाको चलन तेस्तै थियो, होला धेरै महिलाहरु अप्रेस्ड थिए होलान। इकनमिक इन्डिपेन्डेन्सले अहिले महिलाहरु धेरै काम गर्न बिहीवार भन्दैनन, चाहे त्यो खुले-आम रक्सी खान होस या, चुरोट पिउन या, आफ्नो पार्ट्नर बदल्न। मेरो ब्रेन चै मैले जहिले नेपाल छोडे तेही अड्क्यो भनौ। तेसैले यो स्वतन्त्रता या इकनमिक इन्डिपेन्डेन्सको नाममा भईरको जुन काम्-धाम छन मलाई चै अचम्मै मात्र हैन घिन पनि लाग्छ। मैले मेरो परिवारमा, स्कुल, कलेज जादा सम्म महिला बर्ग यसरी रक्सि-चुरोट पिएको, या नडराइ बोइफ्रेन्ड्स बनाको चै देखिन भन्दा नि हुन्छ। १० मा शायद २ को हुन्थ्यो होला बोइफ्रेन्ड, त्यो पनि घरबाट लुकी लुकी, समाजसँग डराइ डराई सम्बन्ध राख्थे। अनी यहाँ त सेक्स सम्बन्ध जस्तो लेभलमा पुग्ने भनेको त पश्चिमबाट सुर्य उदाको जस्तो हुन्थ्यो। परिवारको इच्छा बिरुद्ध बिहे गर्नुछ भने भागेर चै बिहे गरेको याद छ। अहिले त के? आमा बाउ पनि धेरै उदार, पहिले जस्तो जात्-भात भन्ने पनि हराए, एक जनाकै ३-४ जना बोइफ्रेन्ड रे, गर्ल्फ्रेन्ड रे, के भनौ अब? सेक्सको लागि भनेर कुनै बार्-बन्देज नभको पाउछु। होला पहिलेका मान्छेहरु सेक्सुअल्ली अप्रेस्ड थिए होलान, तर अहिले खुला भएर मात्र के भको छ त? केटा-केटी बिच हुने सम्बन्धको कुनै चार्म या नभेल्टी नै छैन भने। अब त मान्छे हो कि कुनै दिमाग बिहिन पशु, सेक्स त एउटा खाली रमाइलो भको छ, नैतीकता भन्ने कुनै पुरातन शब्द भको छ, खैर।
हेर्नुस्, दलित या सामन्तबाद भन्ने कुराहरु अब पुराना भईसके, कुनै जमाना थियो होला यस्तो कुरा प्रमुख रुपमा फलो गर्ने, गरिने। जात्-भातको कुरा या यो महिला भनेर मैले चै त्यस्तो अरुलाई मैले थाहा भएअनुसार थिचोमिचो गर्दिन। मैले पर्सनली एक्नलेज गरे हुला, दलित र सो कल्ल्ड प्रिभिलेज्ड स्टुडेन्टसलाई आन्कलन गरिने तौर-तरिका, सबैले नगर्न पनि सक्छन, हो। तर मेरो भनाइ चै के भन्दा, महिला र दलित पहिले देखी उपेक्षित थिए भनेर हामीले दलित या महिलाबर्गले गर्ने हरेक मनमानी या बिठ्याइपूर्ण कामलाई चै सपोर्ट गर्न मिल्दैन नि। सानो एक्जाम्पल: रिमा विश्वकर्मा लिनुस्, अब रिमा कुन बर्गबाट आएको भनेर मैले कहिले ब्यर्थको बादबिबाद गर्दिन, उहाको राम्रो कामको म सदैब प्रशन्सा गरेको छु, तर उहाले तेस्तै नचाहिने काम गर्नुभो, शब्द बोल्नुभो भने, हामीले त भन्न त पाउनुपर्छ नि, अहिलेको समयमा अब यहाँ उहाको जातले गर्दा मैले या अरुले उहाप्रती बायस्ड हुन गएको या गरेको जस्तो त लाग्दैन। बेला बेला उहा आँफै भन्नुहुन्छ उहाको विश्वकर्मा थरले गर्दा अझ पनि पुराना जेनेरेशनका हरु तिता कुराहरु गर्न आउछन। यो चेन्ज हुन त टाइम लाग्ला हो।
तर मेरो भन्नु यती छ कि, नचाहिने काम यदी विश्वकर्मा थरको कुनै महिला/ पुरुषले गरोस कि कुनै काठमान्डुको कुनै रैथाने नेवार, छेत्री, बाहुनले, गलत र अनैतीक काम भको छ भने त हामीले कमेन्ट गर्न त अधिकार पाउछौ नि हैन?

Read Full Discussion Thread for this article