Posted by: Bennedict July 17, 2023
Actor Saruk Tamrakar death suspicious
Login in to Rate this Post:     0       ?        
हेर्नुस् सोझो बाहुनजी,
कुनै मान्छे ठुलै दुर्घटनाबाट बचेर आएको छ भने हामीले पनि बाँच्न त दिनै पर्छ, पुराना कुरा कोट्ट्याएर केही फाईदा पनि हुन्न, हाम्रै इनर्जी खत्तम हुन्छ हो। गलती सबैबाट हुन्छ। अब यस्तो भिडियो बनाएकी हिरोनीले काम गर्न पाउनुहुन्न, मर्नुपर्छ भनेर त्यस्तो गिरेर त म कुरा गर्दिन, हामी सबैले पनि गर्नुहुन्न। यहाँ त एक बिबाहित् कपटी पुरुषले भर्खर आउँदै गरेकी हिरोइनको फाईदा उठाएको थियो, तर त्यो डिजे तान्त्रिक भन्नेलाई के कस्तो सजाय भो, कसलाई के थाहा? कत्तिलाई त उहा महानुभावको रियल नाम पनि थाहा छैन हो।
मार त नम्रताजीलाई पर्‍यो तर पनि काम गर्दै आउँदै थीईन हो। उहाको पर्सनल स्टेचर नै यस्तो कि, सबै पीठ पिछे चै कुरा काट्ने है आगे चै केही बोल्न सके पो। उहाको कुनै फिल्महरु चले पनि होलान। म चै उहाको कुनै फ्यान हैन, पहिले चै राम्री लाग्थिन तर पछी आएर मलाई कुनै सरोकार नै थिएन। बेला मौका यहाँ कुरा आउँदा भन्थे मैले, उहाले जे गर्नुभो राम्रो थिएन, बिक्रितीको शुरुवात हो यस्तै भनेर। नेपालमा अहिले थिन्किङ नै चेन्ज भको छ। कुनै ताका कुनै दुष्ट फोटोग्राफरले नाङो फोटो जबर्जस्ती खिचेर पब्लिश गरिदिदा श्रिशा कार्की नामक हिरोइनले आत्महत्या नै गरिन। लोक लाज, समाजको भयले कती बिधी पोलेको थियो होला। पछी आएर अब सेक्स भिडियो नै आए पनि मान्छेले आफ्नो अन्त्य चै गर्ने गरेनन। आँफैले आफ्नो अन्त्य गर्नु अपराध नै हो पनि। अब यस्तो ठुलो दुर्घटनाबाट बचेर आएको मान्छेलाई हामीले खेदो खन्दै बस्नु पनि हुन्न। तर आफुलाई मन नपरेको घटना फेरी डिस्कस भयो भने मेरो पुरानो रिस त उठीहाल्छ, खैर।
अब नम्रताजीको पछीको पर्सनल लाईफ त अती रङीन रहेको यहाँ जो कोहिलाई थाहा नै छ। यस्तो केटामान्छे बिना बस्नै नसक्नेहरुले पहिले नै बिहे गरीवरी बच्चा बनाएर बस्नुपर्ने तर खैर त्यो अब भएन। आफु भन्दा १० बर्ष काँन्छो केटासँग सम्बन्ध बनाउदा सम्म नम्रताको मानसिक स्थिती के भईसकेको थियो, वी क्यान अल इम्याजिन। आफु जेठि रहेर, आफु सुपरस्टार भएको, धेरै फिल्म गरेको भन्ने घमन्ड थियो होला कि? सारुकलाई कोठा बन्द गरेर चिल्लाको थीईन रे अनी सारुक चै केही नबोलेर बसेको थियो रे भन्दा सुन्दा त नराम्रै 'ह्यारेसमेन्ट' नै गरेको थिईन कि? कुनै भर्खर उदायमान एक्टरलाई हुनसम्म ह्युमीलिएशन पो भएको थियो कि? के पत्ता अब?
अब गिल्टी नै भएपनी नम्रताको के पो होला र? आजिबन काराबास जस्तो सजाय त भको भई भो।
Read Full Discussion Thread for this article