Posted by: Bennedict July 17, 2023
Actor Saruk Tamrakar death suspicious
Login in to Rate this Post:     0       ?        
आँफैले त्यस्तो काम गर्दा केही हैन, तर अरु जात, ग्रुपले गर्दा चै त्यस्तो बर्गलाई होच्याउने, गिराउने मानसिकता भएका मान्छेहरु हुन यी नम्रता र धमला नामक मान्छे हरु। यसै मैले भनेको छुइन, "आई हेट डबल-स्ट्यान्डर्ड पिपल" भनेर। कुनै काम राम्रो होस् भनेर त भगवानको पूजा गरिन्छ होला, भाकल लगाइन्छ होला, बाधा हटाउने संकटा गईन्छ होला, मनकामना गएर पूजा गरिन्छ होला, अनी कती फिल्म बनाउनेहरु भद्रकाली गएर फिल्म शुरु गरिएको पनि देखिएकै हो। यहाँ दोलालघाटको मसानघाट मध्य-रात गएर बोका काट्ने, बुटी लगाउने रे यो सुन्दा त यो मान्छेको मनमै कालो थियो भनेर त यसै थाहा हुन्छ। अब मैले नम्रतालाई यसो भन्दा यहाँ साझामा उहाको सपोर्टरहरु रिसाउनु होला, तर यहाँ त काम नै यस्तो भको छ के गर्नु?
एक्काइसौ शताब्दीको यस्तो हिरोईनले यस्तो काम्-कुरामा विश्वाश राखी अरु मान्छेलाई पनि मसानघाट जान, बुटी लगाउन वाध्य गरेको सुन्दा चै अजिब लागेको छ। के यो यहाँ अरुले भने अनुसार नम्रताको भएको या नभएको डिप्रेसनले गर्दा थियो त? अब तान्त्रिकले जे जे भन्यो तेही तेही गर्ने, अरुलाई पनि गर्न लगाउने रे .. उफ्फ। निर्देशक बोलेको सुन्नुस्, उहाले युज गर्नु भको ईंग्लिश सुन्दा त पढेको-लेखेको लाग्छ अनी एउटा सो कल्ल्ड नामी नायिकाले भन्यो भन्दैमा आँफैले तान्त्रिकलाई ५-५ लाख दिएको रे, मसानघाट गको रे.. अझ "नम्रताजी" ले यसो भन्नुभो, उसो भन्नुभो रे।
यस्तो रवाफ कायम गरेको भन्नु कि बशिकरन नै गरेकी रहेछिन भन्नु "नम्रताजि"ले। पहिले पनि "तान्त्रिक"ले गर्दा स्क्यान्डल अहिले पनि "तान्त्रिक"ले गर्दा।
के हो यस्तो?
Read Full Discussion Thread for this article