Posted by: logan July 16, 2023
Important : Undergraduate Study options for students from Nepal coming to USA after +2
Login in to Rate this Post:     0       ?        
यो धागो smoothly अगि बढी रहेको बेला, म civil engineer ले 90K लेख्न खोजेका हुन् वा जानाजान 900K लेखेका हुन् किउन्लाई एउटा सुन्य बढी लेखिएको बोध भएको छैन |
यो भन्दा अघि कुनै धागो मा मैले सानो टिप्पणी गरेको थिए | संसारको सबै भन्दा सजिलो काम माग्ने हो भने अर्को सबै भन्दा सजिलो काम भट्याउने अर्थात् सल्लाह दिने | चिया पसल देखि भट्टी मा एक से एक सल्लाहा दैनिक आइ रहन्छ र पाई रहन्छन | ति सल्लाह दिने अनि लिने सधै त्यहि नै हुन्छन र बाकि जीबन पनि त्यहि तुरिन्छ |

एक फकिर दरबार बाट केहि पाउछु भनि दरबार पुगेको राजा आफै माग्दै गरेको सुने पछि म त मगन्ते कहा पो आएछु , ठिक ठाउमा माग्न जान्छु भनि फर्किएको कथा  यो धागो ले ताजा बनायो | एक जना IEEE को कन्फरेंस मा आएको यहि बस्ने बिचार बनाएर आएको रहेछ, अबैध भए पनि बस्छु भनेंन तर बसु कि फर्कु भन्यो | ६ महिनाको भिसा नलागेर एक महिनाको मात्र लागेको थियो नत्र ५ महिना रेस्तुरा मा बस बोई काम गरे पछि नेपाल बाट ऋण लिएर आएको प्लेन भाडा र अमेरिकी जीबन भोगाई बुझेर जान नसक्ने अबस्थामा फर्केर जाउ पछि बिद्यार्थी भएर आउदा ठिक हुन्छ भने पछि फर्किए | यस बिसयमा दिमाग खियाउनु पर्ने कुनै कुरा थिएनन , हाल उनि डा. झुण्ड्याएर बसेका छन् | सल्लाह   दिन सजिलै हुन्छ |यो थियो सजिलो सल्लाह |

अर्को पेचिलो सल्लाह माग्न आयो अनि मैले पनि एकजना कहा पुर्याए | वहाले उनको जानाकारी लिनु पर्ने कुरा सोध्नु भयो ,त्यो भाइले उत्साहित हुँदै बताउंदै गए |
बाबु को सबै भन्दा चाखको बिसय के हो ?
त्यो चाखको बिसय बारे के बिचार छ ?
अहिले के गरुम जस्तो लाग्छ ?
त्यो के गरुम जस्तो लागेको बिसयमा के के गर्नु भयो सुनाउनुस |
यो कुरा सुने पछि केहि गरेको छैन म त हजुर संग सल्लाह लिन आएको पो हु भन्यो |
अन्त्यमा वहाले भन्नु भयो मा २ - ४ घण्टा के के गर्न सकिन्छ भनि व्यक्त गर्न सक्छु | यी बकाइ हरु तपाइका लागि फायदाजनक हुदैनन् र तपाइले पनि सोच्नु र बुझ्नु भाकै कुरा हुन् | चाख नभएका काम कुरा अगाडि बड्दैनन , अनिच्छित काम कुरा लादिएका बिषय हुन् लादिएका कुरा बाट अघि बढ्न सकिन्न | जीबन निर्बाह भए पनि खुसिले काम गरिरहेको अनुभब नहुनु दुखद कुरा हुन|
पिटर रसेल को कमेडी मा एक ईण्डियन लाई सोध्छ तेरो पेसा को हो ? जबाफ दिन्छ डाक्तर् हुँ , बन्न के चाहन्थिस भन्दा वकिल भने पछी तेरो क्लिनिकमा सित्तैमा उपचार गर्छु भनिस भने पनि खुट्टा राख्दिन | कुरा बुझ्नु भो होईन ?

अन्त्यमा तपाईले आँफैले पनि सोध खोज गर्नु भएको हुनु पर्छ | देश नै छोडेर जानु पर्ने आबस्था मा के गर्न जाने हो त्यो चै आफैले आफुलाई प्रस्ट्याउनु जरुरि छ | धेरै अमेरिका छिरेका हरु पढ्न नसकी नत घर फर्किन सके नत GC लिन सके ? अनि डिप्रेसन बोकेर जिन्दगि बिताउने हरु पनि छन् |

लकि ब्रो : तपाइलाइ सल्लाह दिने मानिस सारै सफल हुनु पर्छ,  दैनिक १२ ओटा अण्डा खाएकै कारण अनि यो छ प्याक भएको ले आफ्नो नाम संग फोटो तास्नु भएको छ , यति छोटो समयमा ६ प्याक बनाउनु भनेको ठुलै सफलता हो | वहा आफैले पढीरहेको बिसय छोडेको भनि लेखेका थिए , सफलता कमाइ पैसा र गाडी बाट चिनाइनु हजुरबाका पालाका मानसिकता मा बाँच्न खोज्नु हो

अन्त्यमा : अर्ति भनेको घर्तीको पनि सून्नु पर्छ र अर्ति दिने घर्तीको बिसयमा जानी राख्नु जरुरि छैन | Good luck.
Last edited: 16-Jul-23 05:24 PM
Read Full Discussion Thread for this article