Posted by: Bennedict June 18, 2023
नजाने गाउँको बाटो...retroactive jealousy
Login in to Rate this Post:     0       ?        
लोग अन जी,
केटा पक्ष माथि चै अली लिनिएन्ट भको जस्तो लाग्यो।
टेक्निकल्ली भन्नुपर्दा,
कुमार केटा: बिहे नभएको मात्र नभएर बिहे पूर्व कुनै यौन संपर्क नगरेको केटा होला किन भने बिहे नभएको तर नाना भाती केटीसँग यौन संपर्क गर्दै हिंड्ने केटाहरु पनि छन समाजमा, अब बिहे भको छैन भनेर कसरी यस्ता बोकाधारी केटाहरुलाई "कुमार" भन्ने? अब तपाईंको साझाको हिरो सो कल्ल्ड अन्डर्वेयरको कुरा गर्नुस्, बिहे पछी मात्र हैन बिहे अघी नै बिसौ-तिसौ लड्कीसँग सुते भन्दै साझा हुँदो चिल्लाउने त वहाँ आँफै हुनुहुन्छ, त्यस्तो गति-छाडा केटाहरुलाई लौ अब बिहे भको छैन नि भनेर कसरी "कुमार केटो" भन्ने? कुरा पनि तपाईंको
तपाईंले द्वापरमा यस्तो लड्किलाई कुमारी भन्ने र कलीयुगमा यस्तालाई भन्ने भनेको सुन्दा चै तपाईं यहाँ तपाईंले नै चिनेको कोही लड्की जमातलाई छेड हानेर लेखेको जस्तो सुनिन्छ। यस्तो टन्ट मार्ने काम चै राम्रो नहोला कि?

केटा र केटीमा तेही नियम लागु होला। द्वापर होस् या त्रेता या कली। बिहे नभको, र यौन संपर्क नगरेकी नै कुमारी होलान। अब कोही लड्की बिहे गरिवरी पनि यौन संपर्क गरेकी छैनन भने त बाइलोजिकल्ली त भर्जिन नै होलिन नि हैन? अब समाजले बिहे भएपछी चै तपाईंले भनेको अनुसार कन्या जाली तोडिएको नै भन्लान, भर्जिन छिन नभन्लान।
समाजमा थाहा नदीई ३-४ जनासँग सुतेकी लड्की कसरी "कुमारी" नै भनिन्छ, मैले त बुझेन हो। होला लड्की आँफैले त भन्लिन म अझै भर्जिन छु भनेर, तर हुनुपनी पर्‍यो नि। यो अरुलाई थाहा नदीई यौन अभ्यासमा लिप्त भर पनि म "कुमारी" भन्ने लड्की चै क्यारेक्टरलेस हो, अरु केही हैन।
समाजले थाहा पाउने गरी एउटै कोठामा केटासँग बस्ने लड्की चै अस्मिता लुटिएकी हुन रे? हे राम यो के हो के? अस्मिता लुटिएकी भनेको त बलात्कार गरिएकी भनेको होला, लड्कीको इच्छा बगैर यौन संपर्क भको भनिएको हैन र? तपाईंको कुरा पनि। यहाँ एउटै कोठामा बसेकी भनेपछी त यौन संपर्क भको भए पनि मन्जुरी लिएर भयो होला नि हैन र?
कुमारी र कुनै पतीव्रता आईमाईलाई उनिहरुको इच्छा बगैर हात्-पात गरे चै दोषी मान्छेलाई श्राप लाग्न सक्छ, यो चै म मान्छु पनि।
"ऐले चै समाजको आखा मा धुलो हाल्न सके कुमारी नत्र खरी झरेको मादल"
यो चै अली लड्की जमात माथि नै टन्ट मारेको जस्तो लाग्यो। बरु समाजको आँखा अगाडि धेरै यौन संपर्क भएर पनि आफु अझ "कुमारी" छु भन्ने चै बढेका छन भनेको भए हुने, तर खैर।
मलाई चै पर्सनल्ली रिस उठ्ने कती खेर भन्दा जब जब यि कुनै बुझक्की सेलिब्रिटीहरुलाई कोही पत्रकारले आफ्नो भावी श्रीमानको बारेमा सोध्यो भने भन्छन नि कोही कोही, "म मेरो भर्जिनिटी मेरो हज्बेन्डलाई उपहार दिन चाहन्छु" अनी भित्र चै सो कल्ल्ड सेलिब्रिटी चै अनेकौ बोइफ्रेन्ड बनाइरको हुन्छ या तेस्तै कुनै सेक्स स्क्यान्डलमा फसेको हुन्छ। This really ticks me off.
Read Full Discussion Thread for this article