Posted by: Bennedict June 16, 2023
Login in to Rate this Post:
0
?
हरेक मान्छेको जिन्दगीमा अपोजिट ब्यक्तीप्रती धेरै आकर्षण हुन सक्छ, यो नर्मल कुरा नै भो। कोही कोही त्यो आकर्षणलाई अरु कुरामा बदल्न पनि सक्छन कोही कोही चै केही गर्न सक्दैनन, धेरै कारण रहन सक्छन। पहिले पहिलेको जमानामा चै केटाहरु यस्तो कुरामा अघी रहने गर्थे भने अहिले समाज बदलिएको छ। केटीहरु पनि आफुलाई लागेको कुरा गर्ने, मनले मागेको खाने गर्ने भएका छन। यस्मा रक्सी, गाँजा, चुरोट मात्र नभई बिहे अघी सेक्स, सम्बन्ध, अनेकौ बोइफ्रेन्ड्स बनाउने सबै पर्छन।
म नेपाल हुदाँसम्म केटीहरु डराउथे, आमा-बाउलाई नभनेर टाढा जाने, बोइफ्रेन्ड बनाउने गर्दैन थिए, बनाए पनि लुकी लुकी, डराइ डराइ गर्थे। रक्सी, गान्जा, चुरोट त केटीले खाएको देख्नु पश्चिमबाट सुर्य उदाएको देख्नु जस्तो हुन्थ्यो। मेरो नेपाल भ्रमण पछी के थाहा भो भने अहिले त सबै कमन भाको पाए नेपालमा, आमा-बाउ नै धेरै उदार भको जस्तो लाग्यो, खैर।
अब बिहे पछी लोग्नेले आफ्नो श्वासनिको पूर्व-सम्बन्ध, सेक्स बारेमा सोध्नु भनेको चै मुर्खता हो। हिजोको हैन आजको र अब आउने भोलिको कुरा गर्नु पर्छ, पत्नीको हिजोको सेक्स सम्बन्ध सोधेर आफ्नो दिमाग र श्वासनिको पनि दिमाग खियाउनु त उल्लु काम नै हो। अब लोग्नेले सोचेको थियो होला, श्वासनी भर्जिन छे, यता-उती गरेकी छैनन भनेर, तर अब त भर्जिन केटी पाउनु भनेको myth जस्तो भईसक्यो। होला कोही आफ्नो भर्जिनिटी जोगाइ बसेका। तर मलाई चै नेपालमा दिन-प्रतिदिन भईरको घटना (सेक्स स्क्यान्डल, ड्यान्सिङ कार काण्ड, रात्-बिरात क्लब जाने आउने आदी) र बदलिएको सोच देख्दा चै भर्जिन केटी होलान जस्तो चै लाग्दैन।
तर माथि शिकागोअनजीले भनेका अनुसार केटा आफु "सुद्द" या अझै भर्जिन छ भने त्यस्तो मान्छेले चै "भर्जिन" केटी expect गर्न चै पाउछ, हो। अब किन त्यस्तो केटाले चै अरुको जुठो भात खाने नि हैन? तर्क लगाउन सकिन्छ। तर यस्तो सुद्द मान्छेले सुद्दै केटी चै सधैं पाउन अब त गाहरै छ।
अब पत्निको कसै सँग सम्बन्ध भो, केही गलत स्टेप लिईन होला, रिग्रेट छ होला हैन? हरेक मान्छेले गलती, नराम्रो काम, आदी त गर्छन् नि हैन र? भन्छन नि दुधले धुलिएको त को होला अब? मर्यादापुरुशोत्तम राम या सँस्कारकी खानी सिता हुने यो युग त हैन। यहाँ चै लोग्नेले let go गर्न सिक्नुपर्यो। आउने वाला समय हेर्नुपर्यो, परिवार बढाउने, श्वासनिलाई पहिलेकाले गरेका माया भन्दा बढी माया गर्ने, आफु alpha male भएर कायल गनु पर्यो। मेरो दुई सेन्ट्स।
यती छोटो जिन्दगी छ, हैन र?