Posted by: Bennedict June 8, 2023
लाजके आगे जीत है !!
Login in to Rate this Post:     0       ?        
नेपालीहरु उसै त PDA पब्लिक डिस्प्ले अफ अफेक्सन गर्ने गर्दैनन तर यिनी केटी र पहिलेको प्रेमी पनि तेस्तै खुलेआम सबैको अगाडि अंकमाल गर्ने, चुम्मा साट्ने गर्थे, लभ बर्ड्स झै। यही आँखाले देखियो सबै। गर्नेलाई भन्दा देख्नेलाई लाज पो त। अब त्यो देख्दा त हामी सिर्फ मुस्काउथ्यौ अनी तेही हो।
पछी के भएर कुरा बिग्रियो, के भएर ब्रेक अप भयो, भगवान जाने हजुर। उसै त दुई जोडीको बिचमा के हुन्छ हामीले कसरी थाहा पाउने? छोरी पढ्न अमेरिका आएर के के गर्दैछिन, आमा बाउलाई केही पत्ता छैन हो। हामी चै दुबैको अब बिहे होला नि त भनेको त, बर्ष दिन पछी फेसबुकमा केटीले गोरे सँग बिहे को फोटो पो धमाधम अपलोड गर्छिन हो। अब पहिलेको केटालाई देखाउन हो कि के हो, उनैलाई थाहा होला। फोटो पनि सिम्पल भए केही थिएन, तेस्तै भड्काउ खालको, किस्स गरेको, कता क्रुजमा गाको, सङै अर्ध-नग्न भर स्विम्मिङ गरेको पो राख्छिन पो। के भन्ने?
लाइफमा धेरै रिलेशन हुन सक्छ, ब्रेक अप हुन सक्छ, स्क्याण्डल हुन्छ आदी आदी भनेर म सधैं भन्छु तर हामीले आफुले पहिले गरेको कामले पछी आउने भविश्यलाई कतीको अफ्फेक्ट गर्छ होश पुर्‍याउनु पर्छ जस्तो लाग्छ है मेरो दुई सेन्ट। जब बिहे आदी पक्का हुने सम्भावना थिएन भने किन आमा बाउलाई सबै कुरा लुकाएर कुनै केटासँग तेती बिधी हिमचिम(कुरा बुझ्नुहोला) बढाको होला लड्कीले? त्यो पनि सबैलाई थाहा हुने गरेर, देखाएर। सम्बन्ध हुँदा यस्ता कुरा हुन्छन, गरिन्छ नि भन्लान भन्नेले तर मलाई अजिब लागेको चै लड्कीको चाला माला देखेर हो। अनी फेरी अहिले सबै बिहेको डन्का ठोकेर के प्रुभ गर्न खोजेकी हुन? हे राम।
जमाना धेरै चेन्ज भएछ। आफै चेन्ज हुन नसकेको पो हो कि? सोचाइ त प्रोग्रेस्सिभ नै छ, के भन्ने अब।
Read Full Discussion Thread for this article