Posted by: Bennedict April 26, 2023
डलराँ कमाएर एक ऽ को १५० साटने
Login in to Rate this Post:     0       ?        
"बोलीचाली कामिदमाइको जस्तो अनि खाता खोल्दा अरुको नाम ए थपिस ! यो खाता कति नाम्बररमा पर्यो?" 
 लोगनजी,
अहिलेको समयमा 'बोली-चाली' कामी दमाईको जस्तो भन्न अली नसुहाउला कि? हैन र? किन भने यस्तो भन्दा स्टेरियोटाइप गरेको जस्तो सुनिन्छ नी। कस्तो कस्तो सो कल्ल्ड ठुला जात भन्नेहरुले पनि झै-झगडा गर्दा त धेरै निम्न स्तरको शब्द, वाक्य प्रयोग गर्छन्। जातको आधारमा चै बोलीचाली यसको उस्तो, उसको यस्तो भन्न अहिले चै नमिल्ला। कुनै समय थियो, मेरो आमाबा भन्नु हुन्थ्यो गाँउमा कामी दमाइले छोएको पानी खान हुन्न थियो रे, भान्छा, घरमा एकै साथै बसेर कुरा गर्ने, खाना खाने गर्दैन थिए रे। अहिले तेही गाउँमा धेरै कामी दमाइ बाहिर गएर, कोही पढेर धनी, स्वाबलम्बन भएका छन रे, अनी कसरी ४० बर्ष अघी यस्तो थियो, अहिले पनि तेस्तै हुनुपर्छ भन्ने नि, तेही भर 'राजाको छोरा राजा हुने दिन गए" भनेका होलान मान्छेहरु।
जात-भात को कुरा चै मलाई अहिले आउटडेटेड लाग्छ।
Last edited: 26-Apr-23 01:43 PM
Read Full Discussion Thread for this article