Posted by: ram bhakta April 11, 2023
नेपालाँ टिभी लानु पर्ने भयो !!!
Login in to Rate this Post:     0       ?        
गुलेहरु, नेपालाँ ३२" टिभी लानु पर्ने आवस्था आयो, यतै किन्दा ठिक होलाकी कतार, दुवै तिर ट्रान्जिटाँ किन्दा सजिलो पर्ला त ?

पृष्टभुमि :

मुजी पहाडको घर रुघ्ने मा'लदाइ लाई बिदाइ गर्नु छ,ज्यादै पुरानो र बफादार मान्छे तर मुजी लठ्याब्रो, एकहोरो काटी-कुटी लोगने जस्तो .उनका स्वास्नी छोरा छोरी छैनन, नत्र हाम्रो लोगने नै उनको छोरा हुन् जस्तो लाग्ने गरि यी दुइको बानी-व्यहोरा मिल्छ .

उनले मलाई निकै अघि देखि अम्रिका बाट एउटा टिभी ल्याइदे भनेर भनेको भ`नै छन् मैले हुन्छ, हुन्छ भनेर टालेको टालै छु . तर अब टाल्ने अवस्था छैन ,उनि हाम्रो घर छोडेर जादै छन् . माग फेरी ३२ इन्च कै छ र अम्रिका बाटै ल्याउनु पर्ने छ . झुक्याएर नेपालमै किनेर अम्रिका बाट ल्याएको भनौ भने बूढा एरपोर्टमै आइ पुग्छन रिसिभ गर्न, त्यो बेला टिभी देखेनन् भने चित्त दुखाउछन .यस्ता लठेउराहरुको ऋष, इमोसन ज्यादै कडा हुन्छ. फेरी मेरो उनलाई झुक्याउने मनशाए पनि छैन .बाल्यकाल देखिको भावनात्मक ,आत्मिय सम्बन्ध छ . हाम्रो बुढो घर, खेति पाती ,गाइ बस्तु कुरेर जिन्दगि कटाउनु भयो ,मैले मुजी नाथे एउटा टिभी पनि लगेर दिन सकिन भने त मेरो मुजी कुकुरको जुनी हुन्छ .

मुजी, टिभी त लाने तर पाखेले जस्तो ३२ इन्चको टिभी कसरि पोको पारेर लाने ? मेरो हुनेवाला ससुराले देख्यो भने के भन्ला? मैले टिभी बोकेर नेपाल जान लाग्या निउज् टिक-टकाँ भाईरल भयो भने के होला ?यस्ता कुराले सारै नर्भस बनाउछ भन्या .

मुजी नेपालकै एरपोर्ट भित्र टिभी किन्न पाइन्छ कि पाईदैन होला ?
Read Full Discussion Thread for this article