Posted by: Bennedict March 9, 2023
नेपालीमा लगानी vs अम्रिकामा लगानी
Login in to Rate this Post:     0       ?        
खै ईडीभी जी,
के भन्ने? मेरो ब्यक्तिगत कुनै इन्भेस्ट्मेन्ट नेपालमा चै छैन, झन अब रबी लामिछानेको नागरिकता कान्ड पछी त केही गरौ, केहीमा लगानी गरौ, यस्तो त सोच नै छैन। इन्भेस्टेड प्रपर्टी वील बी फोरफिटेड हुन्छ भन्नुहुन्छ, त्यस्तो होला र? मैले पहिले पनि भनिसके, बस्टनमा एक जना छन धनाढ्य नेपाली, अमेरिकन सिटिजन लीईसकेका। उहाको त एउटा थाहा भएको कमर्शियल प्लस रेसिडेन्सियल घर नै छ चार मिल को हो। अनी मल्टी फेमिली घर त कती कती, सब भाडामा। अनी नेपालमा समेत हाइड्रो के केमा लगानी छ "रे"। अरु पनि होलान अब सबै फाइनन्सियल डिटेल त मलाई के थाहा होला। अब यी सबै कामहरु भएका थिए, लामिछने काण्ड अघी हो, अब सोच्नुस् त त्यस्तो अथाह धन्-सम्पती अमेरिकामा र नेपालमा भको मान्छेले "इन्भेस्टेड प्रपर्टी वील बी फोरफिटेड" भनेर सुने त सिधै हार्ट अट्ट्याक होला हो। अर्को थ्रेडमा करप्टेड नेताहरुको बारेमा कुरा हुँदैथ्यो, मोस्ट प्रोल्ली, यस्ता धनाढ्य मान्छेहरुले त केही न केही गर्लान, साम, दाम, दण्ड, भेद लगाएर आफ्नो पैसा बचाउलान, आपत त हामी जस्तोहरुलाई पो पर्छ।

अर्को तपाईंहरुको तिर त घर कती सस्तो हो, राम राम। यहाँ त १८० K या २०० k को घर किनेको भन्दा सुन्दा त अजिब लाग्छ। बस्टन त महँगो पो छ। न्यु जर्सी र फिलाडेल्फिया पनि सस्तो लाग्यो बुझ्दाखेरी।
Read Full Discussion Thread for this article