Posted by: logan March 7, 2023
नेपालीमा लगानी vs अम्रिकामा लगानी
Login in to Rate this Post:     0       ?        
हर्के ब्रो : साझामा झड्केलो भिनाजु ठान्ने हरु दर्जनौ देखिन्छन ( बसको खलासीले त साइनो नलगाई चल्दै नचल्ने ठानी साईनो लगाउदै अलिक उता सर्नुस भन्दै धकेल्छ ) र यीनका बालाई मैले ससुरा ज्यु भन्नु पर्यो कि परेन ?

हातिका देखाउने दात र चबाउने दात फरक हुन्छन | नेपाल हुदा साम, दाम, भेद देखि बोलिभिया हुदै अमेरिका छिर्ने नेपाली निकै देखिए | उता हुदा हाइ हाइ अमेरिका भनेर छिरे पछि नेपालको सम्झना आउदा धेरै राम्रा कुरा देख्न थाल्छन | यसको कारण "the grass is always greener other side of the fence" र नेपाली मा भन्नु पर्दा " नमरि स्वर्ग देखिन्न" | स्वप्निल अमेरिका र भोगिने अमेरिका दुई ध्रुबिय शोच हुन् , देखेर र भोगेर मात्र थाहा पाइन्छ | लाग्छ यो धागो का सृजक धरातलमा उत्रिए पछि का अनुभब पोख्दै छन् |

मैले चिनेका धेरैले काठमांडू का घडेरी बेची यता लगानी गर्दै छन तेसो गर्नुको कारण नेपाल गएर नबस्ने भए पछिका कुरा कानी संगै कता लगानी गर्ने निर्णय मा पुगेका हुन् |
लगानी भन्ने कुरा लामो बसाई जता गरिन्छ उतै लगानी गर्नु उचित हुन्छ |
Read Full Discussion Thread for this article