Posted by: ram bhakta February 27, 2023
लमी बन्दा लफडा !!!
Login in to Rate this Post:     0       ?        
समस्या नि मूजि कस्तो कस्तो भोग्नु पर्ने । १० कलास सम्म संगै पढ्या एउटा ढुन्डूकारी साथी छ ,लास्ट अभागी, सोझो अनि गरिब तर मुजी मान्छे देउता जस्तो । येति अभागी छ कि ऐले सम्म TPS मै झुण्डी राख्य छ, त्यो भन्दानि दुखद कुरो चै जाँठोको गर्लफ्रेन्ड पनि छैन , उमेर ३०+

ओहायो बस्छ ,केहि समय पहिले भेट हुदा खाको सुराँ ग्वा -ग्वाति रोयो , मुजी बिहे गर्न एउटा केटि मिलाई दे भन्थ्यो । बिचरोको सारै माया लायो र एसो चिनेको एउटा भुटानी दिदि संग चिनापर्ति गरि दिए । घटना अलि लामो छ, छोटकरीमा भन्छु ।

त्यो दिदिले citizenship लिई सकेकी थिइन र पहिले होटेल गर्थिन, तेत्ति हो मैले जानेको, अँ अनि दिदिको पोका चै सहि थियो। मैले त्यो रुन्चे साथी लाई त्यो दिदि संग चिन-जान गरि दिए अनि म हिडे आफ्नै बाटो, तेस्पछि के भयो थाहा भएन ।

रुन्चेले फेरी अस्तिको हप्ता फोन गरेर अर्को समस्या सुनायो, जाँठोको बानि अघि पछि फोन नगर्ने , समस्या पर्यो भने मात्रै वास्ता गर्ने खालको छ । रुन्चे यसपाली अलि ठुलै लफ़डां फसेछ । भएछ के भन्दा जाँठोले मलाई पत्तै नदिई त्यो दिदि लाइ माया जालाँ पारेछ । दोबाटाँ दोकान थापेर बस्ने दिदि अलि बाठी नै थिईन । भुटानी समाजाँ मान्छे खासै पढे लेख्या हुन्न , प्राय ट्रक-चालक्, फ्याक्ट्री वोर्कर , दोकाने येस्तै येस्तै हुन्छन । रुन्चे मुजी सक्रम मास्टर हो केहि नभए पनि ६० हजार त कमाउछ । तेती भए पछि त्यो दिदि दंग परेर त्यो जाँठो संग सल्केको हुन् भन्ने मेरो अनुमान ।
....contd ....
Read Full Discussion Thread for this article