Posted by: crazy_love February 26, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
"क्लबमा एक नेपाली केटी नाच्दै थीइ, रक्सीले मातेर धुत्त, पुरा बेखबर। अनी दुइटा नेपाली केटाले त्यो केटीलाई बिचमा पारेर "ग्राइन्डिङ" गरे, के हो यस्तो? म त अवाक!! ग्राइन्डिङ होस् या स्यान्ड्विच डान्स, दिस वज अ डिस्गस्टिङ साइट। केटीलाई आफु सेक्सुअली अब्युज भको केही थाहा छैन हो। अब भन्नुस, के म गलत छु त? यस्तो मेरो परिवारको कोही महिला सँग होस् म चै कहिल्यै पनि चाहन्न। सोशल ड्रिन्किङ रेस्पोन्सिब्ली गरेको सँग मलाई प्रब्लम छैन, तर काम-धाम नै रक्सी खाने, सो कल्ल्ड "ट्रिप"मा जाने, अनी आफुले लाइफमा कुनै अयस्पिरेशन नलिनेसँग चै मेरो प्रब्लम छ। अनी केटीहरुले रक्सी नखाए त जिन्दगी नै खत्तम जस्तो गरेको चै भएन।


Hi Benedict,

अस्ती देखी म यस थ्रेड्मा हेर्दै थे, तर रेस्पोन्ड गर्न समय पाएको थिइन।

प्रश्न गम्भीर छ, कोइ किन रक्सी खान्न्छ ? महिला वा पुरुष? केटी वा केटा?

केही रिसर्चाहरुले के देखाउछ भने मानिसहरु मानसिक रुपमा केही समस्यामा छन भने रक्सी वा लागु पदार्थ प्रयोग गर्छन्। {Trauma, anxiety, Depression, mood disorder} तर हामीहरु Addiction लाई मात्रै हेर्छौ, त्यसभित्रको गहिराइभित्र खोतल्ने प्रयास गर्दैनौ। सामान्यता, रक्सी केही रमाइलो को लागि पिउने पनि हो, तर त्यो भन्दा बढी हरेक दिन बेहोश गरी खानु चाँही बिमारी हो। त्यो बिमारी हो की होइन भन्न हामीलाई रोगको पहिचान हुन जरुरी हुन्छ र उपचार पनि।

धेरै कुरा के भन्नु, अन्जान ठाउमा रक्सी खाएर असुरक्षित हुनु राम्रो कुरा हैन, त्यो केटा होस् या केटी। तर त्यो भन्दा पनि बढी नराम्रो चाँही केटी रक्सी खाएर रमाइलो गर्दा त्यसको गलत फाईदा लिएर ग्राइन्ड गर्न खोज्ने केटाहरुको मनस्थिती। बिचराहरुको कुन्ठित सोच अनि पढेलेखेको भए, नैतिकताको स्खलन।

तपाईंको यो कुराले के सोच्न वाध्य बनाउछ भने public ठाउमा गएर कुनै पनि मान्छे केटा वा केती अनियन्त्रित रुपमा रक्सी वा अरु लागु पर्दार्थ प्रयोग गर्नु सुरक्षित हुँदैन, सामाजिक, मानसिक, र नैतीक परिभाषामा।

At the same time, who we are to judge if someone makes their decision to get pleasure from alcohol and drugs.

"दियर आर मोर टु लाइफ देन जस्ट अल्कोहल। आई होप आई एम नट बिईङ हार्श अन लेडिज।"
Agree with you! What is your thought on drunk men in social gathering creating drama and trying to molest girls and women?

Just curious!
CL
Read Full Discussion Thread for this article