Posted by: Bennedict February 17, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
धन्यवाद वेक योर माइन्डजी,
मलाई अब यहाँ कन्जर्भेटिभ र जज्मेन्टल पनि भन्न सक्छन मान्छेहरु, तर अब मलाई यस्तै लाग्छ के भन्ने? सानोमा बाआमा र टिचरहरुको धेरै कुटाइ , पिटाइ खाईएर हुर्कियो। अनी बिस्तारै बुझ्दै गए। "स्पेयर दे केन, स्पोइल दे चाइल्ड" भनेको के हो? तर यस्तो भनेर बच्चाहरुलाई कुट्नुपर्छ, हप्काउनु, तर्साउनुपर्छ भनेको हैन, अहिले त जमाना सबै चेन्ज भको छ, आमा-बाउ, टिचरहरुले अहिले हात उठाउने काम गर्दैनन, र गर्नु पनि हुन्न। तर बिठ्याइ गर्ने, बाटो भुलेर नचाहिने काम गर्ने हरुलाई पनिश पनि गर्नुपर्छ। फिजिकल्ली अब्युज गरेर हैन, तर रियलाइजेशन गराएर। यो गार्हो छ तर यस्तै छ अहिलेको टाइम हैन? आफुलाई त म्याथ क्लासमा ९ वन्जा ९ कन्ठस्ठ भनेन भनेर नराम्ररी कुटाइ खाएको याद आउछ अनी भोली पछी त डरले गर्दा सबै कन्ठस्ठ भएको सम्झना छ। अहिलेका फुच्चेहरुलाई सोधेको त मल्टिप्लिकेशन नै आउन्न रे हो। अब के भन्ने? हामीले त डरले गर्दा पनि जिन्दगीभरको लागि पाठ सिक्यौ, अहिलेकाहरु चै नडराउने भएका छन, तर बेसिक से बेसिक कुरा भने सिक्दैनन। रक्सीको बारेमा पनि धेरै पाबन्दी थियो। घरको दिदी बहिनी कोही त्यस्तो खाने काम त गर्दै गर्दैन थिए। उसै त सानो से सानो काम बिरायो भने पनि कुटाइ खान्थे, अब कहाँ क्लब गएर रक्सी खाने बारेमा सोच्नु? त्यो भएर पनि मलाई चै अजिब लाग्छ अहिले कोही केटी मातिएर रमिता/ नौटन्की देखायो भने।
लिभ इन रिलेशनको बारेमा अब खै के भन्ने? "टु इच दियर ओव्न"। कुनै दिन म लेखुला नि टाइम मिलाएर, है। साझामा एक से एक छन के भन्ने? लिभ हैन यहाँ त "व्हाट इज द बडी काउन्ट?" भन्ने जस्ता कुरा पो गर्छन्।
Read Full Discussion Thread for this article