Posted by: Bennedict February 15, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
सोझो बाहुनजी,
हजुर हो, नेपाल मात्र हैन, यहाँ पनि मैले धेरै नाटक देखे। खाली नेपाल यस्तो, नेपाल उस्तो गरेको जस्तो सुनियो होला। यता चै सबै काम-धन्दा गर्ने भएर उता नेपालमा जस्तो डिस्को, क्लब जाने टाइम सधैं मिल्दैन। अब गर्नेहरुले गर्छन्, खानेहरुले खान्छन जता भए पनि। यता पनि अजिब अजिब घटना देखेकै हो। तर तपाईंले भन्नुभको त्यो नर्स कस्तो हस्पिटलमा काम गर्छ रहेछिन? यहाँ त त्यस्तो प्रोफेश्नल मान्छेहरुले सोशल मिडियामा के पोस्ट गर्दैछु एकदम होस् पो पुर्‍याउनुपर्छ नत्र त जागिर-सागिर चेट हुन्छ, हैन र? दिनदिनै रक्सी खाएर टीकटक बनाउने मान्छे खै कस्तो पो नर्स होलिन? वर्क हार्ड, पार्टी हार्डर भन्ने होलिन कि?

टेस्लाजी,
उनिहरु कसैले पनि अरुको बाउ-आमाको खाए, यस्तो गरे उस्तो गरे भनेको हैन। यो कस्तो बिकृति आएको होला भन्ने मात्र कुरा हो। एउटा घटना सुनाउछु, याद आयो अहिले। एकजना मेरो साथी हुनुहुन्छ अर्को स्टेटबाट आएको, उहाले यस्तो घटना सुनाउनु भो एक दिन। उहाँ चै एउटा मल्टी फेमिली हाउसमा बस्नुहुदो रहेछ। तलको तल्लामा दुइटी नेपाली केटीहरु बस्थे रे स्टुडेन्ट भिजामा अब पढ्न आएका रे। दुबै ती केटीहरुले के गरेछन रे भने एकदिन बजारमा गएर टकिलाको बोटल किनेर ल्याएछन रे हैन, अनी दुइटा बियर ग्लासमा टकिला खन्याएर एकैचोटी सल्टाएछन रे। अब टकिला शट ग्लासमा पालै पिलो खानुपर्नेमा त यहाँ केटीहरुले के सोचे, बियर ग्लासमा राखेर खाईदिदा दुबै ठाडै ढलेछन रे, अनी अचेत अवस्थामा दुइ-तीन घण्टा रहदा त्यो घरमा त ठुलै हडकम्प मच्चेछ रे। धेरै पछी होस् त आयो रे, तर हुनु बेइज्जत त भैसकेको थियो। त्यो बेला सबै आत्तिए पनि पछी चै त्यो घटना हासोको बिषय भएछ। अब तपाईं भन्नुस्, यहाँ उनिहरुले कसैको पैसाले खाएका त हैनन, तर एक नेपाली भएर अरु नेपाली केटीहरुले यस्तो काम गरेको देख्दा तपाईं के सिर्फ रमिता मात्र हेरी बस्नुहुन्छ? खै तपाईंको भोइस? स्ट्यान्ड अप फर योरसेल्फ। ती केटीहरुलाई गएर हप्काउनुस् भनेको हैन, तर आफुलाई पर्दा, आफ्नो नजिकको मान्छेले यस्तो गर्दा त तपाईंको केही भनाइ हुन्छ होला नि हैन? डोन्ट हाइड फ्रम दिज काइन्डा सिनारियो मात्र भनेको हु। तपाईंले मतलब नगरेर जे अहिले भैरको छ, त्यो नहुने चै हैन, तर आफ्नो बिचार के छ, भन्नु पर्‍यो हजुर।

राम भक्तजी,
आज भ्यालेन्टाइन डे भनेर त भुसुक्कै बिर्सिएछ। अब यस्तो दिन मनाउने चै गरेको छैन। अनी यो टाइप गर्न ३ घण्टा त लागेन, १ घण्टा लाग्यो कि। पहिले पनि लामो लामो 'नेपाल यात्रा" लेखेकै हो। म त आशाबादी नै रहने मान्छे हुँ। एक ताका चै धेरै नै निराशाबादी थिए, मेरा पुराना कबिताहरु जस्तै। महिलाहरु पूजनिय नै छन। तेही हो, तर पहिलेको र अहिलेको महिलामा धेरै फरक छ। अब पहिलेको मात्र राम्रा भनेको पनि हैन, अहिले पनि उदाहरणिय महिलाहरु छन। तर नारी-स्वतत्रन्ताको नाममा यो "रक्सी कल्चर" कतै नारिहरुलाई भ्रमित त बनाइरको छैन? यही मेरो प्रश्न हो। अब मिडिया, फिल्म आदिमा पनि केटीले रक्सी खाएर मात्तिनु कुरा नर्मलिफाईड तरिकाले पेश हुन्छ आजकल, खै कता जादैछ समाज, के भन्ने?
Read Full Discussion Thread for this article