Posted by: Bennedict February 14, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
हुन त मैले पहिले पनि यो कुरा मेरो 'नेपाल यात्रा'मा उठाइसकेको छु। १५ बर्ष पहिले युवामाझ बिशेष गरेर केटीहरुमाझ अहिलेको जस्तो रक्सी खाने, क्लब जाने, रात भर मातेर बिहानपख घर आउने जस्ता काम गर्ने चलन थिएन। अब मेरो आमाबाको पालामा त अझ कती कडा थियो होला, महिलाहरुको लागि सारी लगाउदा खुट्टाको गोलिगाठो समेत् देखिन हुन्नथियो रे भन्ने मैले सुन्थे। त्यो बेला बाउ-आमा, भको दाजु-भाइ पनि कडा, अनी फेरी बिहे भएपछी त सासु, ससुराको सेवा गर्नुपर्ने, उनिहरुले भनेको सुन्नुपर्ने आदीले गर्दा निकै गाहारो नै थियो होला महिलाहरुलाई। अब समाज चेन्ज भयो, सोचाइ चेन्ज भयो, जमात चेन्ज भए। म नेपाल हुँदा सम्म मेरो जानकारीमा रहेका केटीहरु रक्सी खान जाम, क्लब जाम रात्-बिरात बाहिर बसेर घुमौ भन्ने काम खुलेर चै गरेको चै याद छैन। क्लबहरु खुल्दै थिए, डिस्कोथेक बन्दै थिए, तर रातभर कुनै "मर्यादित" परिवारको केटीहरु चै बाहिर यसरी बस्न हुन्न भन्ने सोच थियो। उसै त डराउथे केटीहरु समाजसँग, बाउआमा सँग, दाजुभाइ सँग। यङ केटीहरु खुलेआम चुरोट पिएको, रक्सी खाएर मातेर हिंडेको देख्नु त पश्चिमबाट सुर्य उदाएको हुन्थ्यो। मतलब, यस्तो काम गर्दैन थिए केटीहरु। केटाहरुको केसमा चै स्वत्रन्तता भएर र पुरुषप्रधान समाजको उपजले होला, अली छुट थियो, रक्सी, लोकल आदी खान्थे, गान्जा सब गर्थे, मेरै साथीहरु पनि आई एस्सीको जाचको बेला गान्जा खाएर क्याल्कुलसको जांच दिएको याद छ अनी किन त्यस्तो गरेको भन्दा गान्जाले झन सबै म्याथ्स याद हुन्छ रे। अजिब सवाल जवाफ गर्थे हो। यस्तो सम्बादमा केटीहरु कहिले हुन्न थिए, उनिहरुको एक्जिस्टेन्स यहाँ थिएन नै भन्दा पनि हुन्छ। यस्तै यस्तैमा म बाहिर आए, मेरो नेपालसँग र त्यहाको चेन्ज हुन लाको कल्चरबाट कम्प्लिट्ली बिमुख भए।

अनी रहदा बस्दा यहाँ बेला बेला कुन सेलीब्रिटीले रक्सी खाएर यस्तो गर्‍यो, उस्तो गर्‍यो चै पढ्ने गर्थे। यस्तैमा पढे, एकचोटी परमिता राणा कान्ड। त्यो घटनाले यहाँ साझामा पनि खुब डन्का पिटेको थियो। रातभर डिस्कोमा बसेर, मातेर बिहान पख अमेरिका रिटर्न्ड केटाअनी अरु साथीसँग फर्कदा गाडीले हानेर बुढानिलकण्ठमा एक महिलाको मृत्‍यु। गाडीमा रक्सिको बोटलै बोटल (कन्डोम पनि भेटको भनेर चै यही पढेको थिए)। अब परमिता राणा त घटनास्थलबाट भागीन, दोष केटालाई भयो। मैले त त्यो घटना पनि बिर्सें पछी त। अब त जमाना चेन्ज भएछ भने सक्यो। तर सोशल मिडियामा चै परमिता राणाले नराम्रो ट्रोल खाइन। धेरै पछी एउटा युटुबकर्ताले छुट्टै रिसर्च गरेर त्यो घटनामा आखिर के भको थियो भनेर राख्दा चै सबै थाहा भयो। केटालाई डीप्रेसन आदी देखाएर छुटाएछन उसको परिवारले अनी अहिले केटा कहाँ छ कसलाई थाहा छैन आदी। भने पछी आफ्नो गल्तिले गर्दा कोही मान्छे मारेछौ भने पनि नेपालमा कानुन छल्ने धेरै अवसर छन, मात्र कन्ट्याक्ट र पैसाको आड हुनुपर्छ रहेछ।

खैर त्यो डीस्कसन फेरी पछी कुनै दिनलाई। अहिले मैले उठाएको टपिक चै यो रक्सी खाने जुन संस्कार नै भनौ जुन फैलिएको छ बिशेष गरेर महिलामाझ, त्यो होम आफुलाई रिग्रेस्सिभ मान्छे भनेर भन्न चाहन्न। महिलाहरु पुरुषलाई जितुन, धेरै क्षेत्रमा अगाडि आउन, समाज बदलेर देखाउन म यस्तै सोच्छु। तर रक्सी खाएर, गतीछाडा बिहेभ गरेर, नाटक देखाएर चै आफु प्रोग्रेस्सिभ होइन्छ जस्तो चै मलाई लाग्दैन। यो कस्तो सोच फैलिएको हो? अहिले नेपालमा मैले बुझ्न सकेको छुइन। अहिले नेपालमा रेस्टुरेन्टमा गएर केटीले रक्सी अर्डर गर्नु भनेको नौलो कुरा रहेनछ। कोही त त्यस्तो गर्दैनन होला भनेको त, आफ्नो जेनेरेशनको पछीको त सबैको तेस्तै सोचाइ भको पाए। अनी आमाबाउ पनि पहिले भन्दा धेरै लिनिएन्ट, लुज भको पाए। एक हिसाबले समयको माग यस्तै छ भनेर गिभ अप नै गरेको जस्तो लाग्यो। अब त्यो बेला पाटन जान्थ्यौ हामी फिल्म हेर्न, कृष्ण मन्दिर घुम्न, बगलामुखी दर्शन गर्न। अहिलेका सँग कुरा गरेको त त्यस्तो मन्दीर पनि त्यहा छ रे, पाटन भनेर त उनिहरु लोकल ठररा खान जान्छन अरे। मन्दिर जाने, धर्म मान्ने त हामीले सानै बाट सिक्यौ हैन र? अनी मन्दिर छ त्यहा जानुपर्ने भन्दा त आफ्नो त्यो सोच्ने उमेर नै भको छैन रे तर रक्सी खाने, कहाँ के पाईन्छ चै थाहा हुने उमेर भको छ। के भन्ने? यस्तासँग डिस्कस के गर्ने भनेर चुप लाग्नु पर्‍यो। अब हेर्नुस् मैले पहिले भनिसके, मेरो घरको कोही महिला पात्रले त्यस्तो बानी देखाए त मलाई नेपाल भको भए प्रब्लम हुन्थ्यो। कसरी एक केटी मान्छेलाई रक्सी खाएर रात भर कल्बमा बस्ने अनुमती दिने? म चै सक्दैन थिए होला। तर त्यहा त केटीहरु नै यो खाएर "ट्रिप" हुन्छ रे, त्यो खाएर हुन्न रे भनेर पो कुरा गर्दा रहेछन। बाफ रे। यस्तो कुरा त केटाहरु गर्थे त्यस बेलामा। अहिले त धेरै उदार भएछ लाइफ हो।

एक महिलालाई रक्सीले मातेको बेला "बोका" केटाहरु वा भनौ ठर्कीहरुले फाईदा उठाउछन, यो मैले यही बोस्टनमै देखे। क्लबमा एक नेपाली केटी नाच्दै थीइ, रक्सीले मातेर धुत्त, पुरा बेखबर। अनी दुइटा नेपाली केटाले त्यो केटीलाई बिचमा पारेर "ग्राइन्डिङ" गरे, के हो यस्तो? म त अवाक!! ग्राइन्डिङ होस् या स्यान्ड्विच डान्स, दिस वज अ डिस्गस्टिङ साइट। केटीलाई आफु सेक्सुअली अब्युज भको केही थाहा छैन हो। अब भन्नुस, के म गलत छु त? यस्तो मेरो परिवारको कोही महिला सँग होस् म चै कहिल्यै पनि चाहन्न। सोशल ड्रिन्किङ रेस्पोन्सिब्ली गरेको सँग मलाई प्रब्लम छैन, तर काम-धाम नै रक्सी खाने, सो कल्ल्ड "ट्रिप"मा जाने, अनी आफुले लाइफमा कुनै अयस्पिरेशन नलिनेसँग चै मेरो प्रब्लम छ। अनी केटीहरुले रक्सी नखाए त जिन्दगी नै खत्तम जस्तो गरेको चै भएन।

दियर आर मोर टु लाइफ देन जस्ट अल्कोहल। आई होप आई एम नट बिईङ हार्श अन लेडिज। कमेन्ट्स आर वेल्कम फ्रम अल साइड्स।
Read Full Discussion Thread for this article