Posted by: Smriti-malla February 13, 2023
आउनुस् ! एकैछिन हल्ला गरौं
Login in to Rate this Post:     0       ?        
छोड्नुस् यो सब कुराहरु
आउनुस् एकछिन हल्ला गरौं
यो सहर कसरी तताउने
यो कुराको सल्लाह गरौं
रुख ढालौं
कार्बन बालौं
मानवतालाई
समुन्द्रमा फालौं
विचार अलि मन्ध गरौं
कुराण र गीताको द्वन्द गरौं
एक अर्काको दिमाग चाटौं
युरेनियमसँग जीवन साटौं
म जहाज उडाउँछु तपाई बम खसाउनुस्
म सहर जलाउँछु तपाई भात बसाल्नुस्
किताब पुस्तक बालीदिनुस्
आँखा कान टालिदिनुस्
चित्रपत्र जलाई दिनुस्
सक्नुहुन्न? सलाई दिनुस्
के के छ तपाई राख्नु
बाँकी सब मलाई दिनुस्
आउनुस्
एक्छिन हल्ला गरौं
सहर तताउने सल्लाह गरौं
Read Full Discussion Thread for this article