Posted by: Bennedict February 8, 2023
Tesla
Login in to Rate this Post:     0       ?        
राम भक्तजी,
मैले टेस्लालाई नराम्रो भनेको छुइन। तपाईंले भनेजस्तो एक फरक सोच, भिजन, कसैको त्याग, इन्टेल्लिजेन्सको फल हो, यो म मान्छु। तर टेस्ला हाँकेनन भनेर अरुलाई चै तपाईंले तथानाम भन्न पाउनुहुन्न, मेरो भनाइ तेती हो। अस्ती भर्खर एउटा इन्डियन डक्टरले पुरै परिवार समेत क्यालिफोर्नियाको पहाडबाट जानाजानी गाडी हुइकाइदिदा गाडीमा भको आफु, श्वासनी, दुबै बच्चा २५० फीटबाट खस्दा पनि सबै बाचे, अहिले इन्भेस्टिगेशन गर्दा टेस्लामा चढेको भएर यस्तो भको भन्ने पनि पढे। आई डोन्ट डिनाइ व्हाट टेस्ला क्यान अफर, तर हर कोहीले टेस्ला लिनै पर्छ त म भन्दिन, जस्तो तपाईं भन्नुहुदैछ। सबैको फाइनन्सियल स्थिती फरक हुन्छ अनी तपाईं कसैले कती पुरानो गाडी चढेको या घरको मर्मत काम आदी काम पनि आँफै गरेको भन्दै बिल्ला मारी बस्नु हुन्छ। तपाईं आफु त अती नै ईलिट र हाइ एन्डको लाइफ बिताउछु, मेरो जस्तो सोच कसैको छैन भनेर ढिपी गरेको गरै किन गर्नुहुन्छ हजुर? यो त अती नै सेल्फ सेन्टर्ड कुरा भो नी।
'थ्री इडियट्स'को सार धेरै छ, अब जसले जे देख्छ तेही लिन्छ होला, तपाईं अब सधैं आफ्नो मात्र खुशी सोच्ने मान्छेले तेस्तै सार मात्र देख्छ त हामी के भन्ने? यो त अली कन्भिनिएन्ट तरिका भएन र?
Read Full Discussion Thread for this article