Posted by: logan February 4, 2023
रेन्टमा बस्नुको आनन्द अर्कै छ !
Login in to Rate this Post:     1       ?         Liked by
फलानो, चिलानोले पनि घर किन्यो (नेपालमा बनाइन्छ बिदेशमा किनिन्छ) भन्दै हात मलेर बस्ने ( रिसेसन आउँला र घर किन्न खोज्ने) हरु रेन्टमा बस्दाको आनन्द तपाईं हरुले बुझ्न सक्नु हुन्न | यो कुरा नमरी स्वर्ग देखिन्न वा नभोगी थाहा हुन्न भन्ने उखान सँग ठ्याक्क मिल्छ| घर किन्न खोज्ने हरु DYI मा कती चाख छ ले तपाईं हरुको वालेटमा कत्रो Dent हुन्छ भन्ने कुरा जनाउछ | २० डलर र लन्च ख्वाउछु लौ मेरो सानो Plumbing मा सहयोग गरिदिनुस् भन्ने बिग्यापन वा अनुरोध पनि यही साझामा देखिएको थियो| नारी छाम्न आएको मात्रै १०० माथि लिन्छ भन्दा कर्पोरेट काम छोडि Plumbing मा जान्छु भनेको पनि पढ्न पाइेको थियो| एक जनाले नेपाली परिवारलाइ घर भाडामा लगाएको कुरा पढ्दा शायद उन्लाई घरमा साधारण ठोक ठाक गर्न आउछ जस्तो लाग्यो नत्र भने न्यु ह्याप्शायरमा बस्नेले बहु-परिवार बस्ने घर किनेका थिए दुई बस्र पुग्न नपाउदै बेच्नु पर्‍यो रे कारण भाडामा बस्नेले हरेक समस्यामा फोन मारी हाल्ने अनी ठीक गर्ने मनिषले हेर्नु र फिक्स गर्दा रेन्टको आम्दानी तेतै तिर ठीक्क भएर हो कि ? रेयल स्टेट एजेन्ट राख्दा तुरुन्तै मर्मत गर्न आउने हुँदा बिल पनि प्रिमियम नै हुन्छ|
चिसो पनि नेगेटिभ २० पुगेको बेला Tankless हिटरले तातो पानी दिन छोडेको कुरा बिहान मात्रै थाहा पाए | युट्युबमा केही छ कि भनी हेर्न खोजेको नयाँ product हुनाले त्यो ब्राण्ड को बारे एउटा पनि छैन | बेसमेन्टमा हेर्न पुगे, हेरेर मात्रै हुँदैन रहेछ | हेयर ड्रायरले ड्राई गर्ने सल्लाह पनि टाउकाको दबाइ नाईटामा लगाइ जस्तो मात्रै हुने भयो कुन चै पाइप तताउने ?
भान्सामा Ceiling Exhaust राख्नु पर्‍यो भनी Electrician लाई बोलाएको थिए उस्को भनाइ अनुसार अलिक न्यानो हुन दे अनी आँफै किक गर्ला र तातो पानी आउँला भनेको हुदा कुराइ मात्र हुँदै छ , plumber बोलाउनलाई पनि मंगलबार सम्म कुर्नु पर्ने भयो | साथी हो घर हुने हरु प्रती इर्स्या डाह नगर्नुस् उनिहरुको आफ्नै कथा र ब्यथा हुन्छ | रेन्ट बस्नुस् मर्मत सम्भारको चिन्ता लिनै पर्दैन, मध्य रात भए पनि बनाउन आउछ र बिलको चिन्ता पनि गर्नु पर्दैन , तपाईंको वालेट बाट जाने मासिक रेन्ट मात्र हो| बोतलमा दुध किन्न पाइने बेलामा गाई पालेर दुध खान खोज्नु हुँदैन भन्ने हरुको कुरा जायज छ |
Read Full Discussion Thread for this article