Posted by: logan January 26, 2023
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Login in to Rate this Post:     0       ?        
अण्डा महगो भयो भन्ने भनाइ साझामा मात्र होईन न्युज मेडियाले पनि ठुलै समाचार बनाइ प्रसारित गरेर महँगो अण्डाको बिकल्पमा कुखुरा र खोर भाडामा पनि पाइने समाचार सुने पछि म जस्तो Frugal याने मितव्ययी मान्छे जो फुच्चे प्रियस किन्न पुग्नेले के गर्यो होला ?
मर्ता क्या नही कर्ता घरमा भएको दुईटा कार गराजमा कुखुरा पालन सुरु गरेको १ साता मात्र भयो | आफु एक दर्जन खाने महाभारतका महसुर दुर्योधन भनौ वा भिम जस्तो वा आजकलको Haulk Hogan जस्तो नभई दैनिक एक मात्र खाए पुग्ने भएकाले ४ ओटा पोथी किनियो | बिक्रेता वा कुखुरा का ज्ञाताका अनुसार एउतै पोथी कुखुरा भए पनि तिनीहरुलाई मनोरंजन दिने र साररिका आबस्यक्ता संगै अण्डै नभए पनि ओथ्रा बस्न खोज्न बाट बचाउन भाले को आबस्यक्ता पर्छ भनेका हुनाले पोथिहरुका लागि एउटा साडे भाले पनि किनियो | नया ठाउमा गए पछि Stress को कारण पहिलो दिन नै अण्डा नदिने कुरा ठिकै रहेछ , तेस्रो दिन देखि चारै ओटा पोथीले अण्डा दिन थाले | छिमेकीलाइ भाले बासेर उठायो कि क्याहो तैले कुखुरा पालेको होस् भनि सोध्यो र Organic अण्डा मलाइ पनि खान दे म तलाई क्षति पूर्ति गर्छु भन्यो | खर्च पनि उठ्ला जस्तो छ, कुरा बुझ्नु भयो होइन झा जि को संगत परेको हुनाले केहि उनका गुण पनि सरे जस्तो छ ?
गराज नहुने हरु , कुखुराको खोर राख्न नसक्ने तर SUV चलाउने हरुले भने अण्डा महँगो भयो को राप अलाप्न छोडि पछाडी को सिट फोल्ड गरि बाक्लो प्लास्टिक राख्ने ( ट्याक्सी ले ड्राइभर र प्यासेन्जर छुट्याउन केहि बार घेर गरे झैँ } गरेर कुखुरा पालि महंगी को बेला अण्डा खाएर जिउ बनाउन नसके पनि जोगाउन तिर लाग्न सक्नु हुन्छ | बिचार गर्नुस !
https://www.youtube.com/watch?v=6Je5a7z7beY


https://www.youtube.com/watch?v=yliSLLt5Oa0
Last edited: 27-Jan-23 12:00 PM
Read Full Discussion Thread for this article