Posted by: Dada_Giri January 3, 2005
Happy Lochhar: Small Memory!
Login in to Rate this Post:     0       ?        
१३५ झटाराहरु झटाररिएको देख्दा, लाग्यो एक दुई वटा आँप त पक्कै झर्या हुनुपर्छ। हतपत आँप टिप्ने टोकरी लिएर म तल्लो गह्रमा हाम्फाल्या त, देखेँ, अनूप सरले आँफैलाई बधाइ दिँदै हुनहुदोरहेछ, नेपे सरले वहाँ कोटमा लागेको अबिर टकटकाउँदे । मेरो आँपको रुखमा हान्या झटाराहरु त केवल केटाकेटीलाई गुलेली सिकाउन प्रयोग गरिएका मट्यान्ग्रा मात्र रहेछन्, आँपको त के कुरा पात पनि नझरेको देख्दा मलाई लाग्यो साझामा गुलेली खेल्ने दौँतरीहरु नयाँ वर्षमा बडवाइजर र साप्पोरोको झुममा मस्त हुनुहुन्छ मेरो जाबो कोदोको जाँरको कसलाई स्वाद पर्ला ल? मरेको बिरालो काखिमा च्यापेर म ठिमीको उकालो लागेँ।
Read Full Discussion Thread for this article