Posted by: edv2023 January 2, 2023
"अन्डा " is way too expensive .
Login in to Rate this Post:     0       ?        
६ महिना अघि म अम्रिका आउदा अन्डा प्रति दर्जन ४ डलर भन्दा कम थियो . तेश बीच अन्डाको भाउ बढेर प्रति दर्जन क्रमश ६ ,७, ७.५ डलर हुदै गयो . आफु फेरी जिम गर्ने मान्छे दिनमा १५ १६ ओटा अन्डा र १ २ ओटा फुल बोइल चिकेन जान्छ .

आज बिहान अन्डा किन्न जादा त अन्डाको भाउ ९ डलर पुगेछ . यो चै खपी नसक्नु भयो अनि रिटेल म्य़ानेजर् लाइ बोलाएर किन एसरी भाउ बढेको भनेर प्रस्न गर्दा " बर्ड फ्लु " को कारणले गर्दा भन्ने जवाफ आयो . बर्ड फ्लुको कारणले गर्दा अम्रिकामा १०% कुखुरा गत वर्ष मारियो रे ,cage free कुखुरा अन्डा पार्न योग्य हुन कम्तिमा ६ ७ महिना लाग्ने भएर अझै कहिँ समय अन्डाको भाउ नघट्ने जानकारी पाए .

तेस्को कुरोको भर नलागेर वाल्मार्टमा मुल्य क्रस चेक गर्न गए . वाल्मार्टमा पाहिने अन्डा चै "C " grade को सेतो हुन्छ जसको भाउ प्रति दर्जन २ डलरको हाराहारीमा पर्छ . एसको उपभोक्ता प्राय हिस्प्यानिक हुन्छन . तेस्तो C grade को अन्डाको भाउ पनि ५ डलर पुगेको देख्दा अघिको म्यानेजर्को कुरा ठिकै लाग्यो .
Read Full Discussion Thread for this article