Posted by: Smriti-malla January 1, 2023
म निर्मला
Login in to Rate this Post:     0       ?        

म कुनै पर्दाकी नायिका होइन
म कुनै पहुँचवालाकी बालिका
पनि होइन
म त न्यायका लागि चिच्याइ चिच्याइ
थाकिसके
अभागी मेरो पुरपुरो
म त मरेर पनि हारिसके
म निर्मला

म तपाइको सानी नानी जस्तै थिएँ
पढ्ने लेख्ने रमाउने यी मेरा
दिनचरिया थिएँ।
निक्कै लामो जीवनमा
बालखैमा दुःख पाएँ
पापी संसार छोडेर
१३ वर्षमा फर्की आए।।
म निर्मला
ज्ञान लिएर मानव बन्न हिडेकी म
मनवता हराएकासँग भिडेकी म
म त बलात्कृत भै फालिएकी
म त संसार देख्नै नपाइ अन्धकारमा मारिएकी
म निर्मला

म त कुनै राज्नितिक पार्टीको
एजेन्डा भएछु
म कसैको भासण र आश्वासनको
विषय बनेछु
म कसैको राज्नितिक व्यापारको
सुट बनेछु
अनि म कसैको राज्नितिक प्रचारको
फुट बनेछु
म निर्मला।।।

न्याय हराएको देश्मा
मेरी आमाका आँसु हराए
म नियाल्दै छु।
कानुनको हरेक ढोका ढकढक्याउन पुगेका
मेरा बाबाको भरोसा हराए
म नियाल्दै छु
मेरा लागि न्याय गर्नुपर्नेले नै
अन्न्याय गराए
म नियाल्दै छु
मेरो हत्यारा खोज्छु भन्नेले नै
मेरो कयौंपटक हत्या गरे
म नियाल्दै छु
म निर्मला।।।।

देशमा धेरै निर्मला छन्
हामीलाई न्याय देउ
यो देश हाम्रो पनि त हो
हामीलाई न्याय देउ
निर्मलाको हत्यारा नलुकाउ
हामीलाई न्याय देउ
कोही निर्मला यसरी संसार छाडी जान नपरोस्
हामीलाई न्याय देउ
म रोइ रहेछु कराइ रहेछु आँसु बगाइ रहेछु
हरेक दिन हरेक रात हरेक क्षण
म निर्मला म निर्मला ।।

Rajiv upadhyay & smriti malla






Read Full Discussion Thread for this article