Posted by: Bennedict December 27, 2022
को होला त नया प्रधानमन्त्री ?
Login in to Rate this Post:     1       ?         Liked by
ईडिभीजी,
प्रचन्ड यो पहिलो चोटि प्रधानमन्त्री भको हो र? यो मान्छेले पटक्-पटक चान्स पाईसकेको हो, सबैलाई थाहा भको कुरा हो। अनी त्यो पटक पटक मन्त्री भएर पनि के लछार-पाटो लगायो त उहाको 'सो-कल्ल्ड भिजन'ले? "यस्तो मान्छेले दिल खोलेर बिकास गर्न पायो भने ५-७ बर्षमै काया पलट हुन्छ"?? देशको त थाहा भएन, आफ्नो चै काया पलट गर्नेछ यो मान्छेले। तपाईंले कुन आधारमा भन्नुसक्नुहुन्छ? प्रचन्डले २०-२५ अरब पार्टिको हितमा लगाए भनेर? यो चुनावमा ३ अरबको खर्च भयो रे? सोर्स देखाउनुस् हजुर। show don't tell हजुर। तपाईंलाई कसरी यो सबै तथ्य थाहा भो? के तपाईं यो मान्छेको निजी एकाउन्टेन्ट हो?
तेत्रो ठुलो घर एउटी बिरामी श्वासनीले के मात्र गर्ने? लौ भन्नुस्? सुसारे, धाइ, डक्टर, नर्स सबै बथान नै बस्नको लागि हो कि? कस्तो कुरा हो? माओवादीले मारेको जम्मा ३००० रे? रियल्ली? माओवादीले कती बर्ष बितण्डा मच्चाए हजुर? याद छ नि। ३००० त एउटा टोलको बासिन्दा पनि नहोला हो। मैले पहिल्यै भनिसके, म देश छोड्दा माओवादी भूमिगत भएर दुनै, रुकुम, डोल्पा, बझाङ कता कता मान्छे मार्दै थिए। दुनै कान्डमा त कसरी बिभत्स हत्याकान्ड मच्चाएर रगतको होली मनायो तपाईंको माओवादीले, मैले यही आँखाले कान्तिपुरमा पढे, देखे फोटोसमेत। तेत्रो बर्ष हत्या, गोलीबारी गर्दा जम्मा ३००० मात्र मरे त? निर्दोष मान्छेहरु झडपमा परेर या सेनाको सुराकीको दोष लगाइएर कती मारिए त? बिचार गर्ने हो कि? सामन्तिको सफाया गरेर के नै उपलब्धी भो भन्छु के म? जब दुबै टाउके नेता मिलेर काम गर्न सकेनन भने, तपाईंको बाबुराम र प्रचन्ड नमिल्नुको कारण के? सामन्ती ब्यबस्थाको के निर्मुल गरे भन्नु, जब यी नेता भनाउदाहरु नै सामन्तीको जस्तो लाइफ स्टाइल जिउन चाहन्छन भने। एक्लो ज्यान, २-३ जना बस्न उहाहरुलाई अलिशान घर चाहिने, अनी पदमुक्त भए पछी पनि सुबिधा छोड्न नसक्ने, यो सामन्ती सोच भएन र?
पुनश्च फेरी भनौ, गाउमा मेरो नजिकको आफन्तको परिवारबाट जबर्जस्ती एउटी छोरीमान्छेलाई तपाईंको माओवादीले लगेर कार्यकर्ता बनाइदिए, अब तपाईं सोच्नुस्, एक्ली स्कुल पढ्दै गरेकी केटीलाई अन्जान मान्छेले अन्जान ठाउमा लगेर, बन्दुक थमाइ दिँदा बाउ-आमालाई के भयो होला? तपाईंको घरको कुनै महिला सदस्यलाई त्यसरी जबर्जस्तो लगेको भए के हुन्थ्यो? कती डर, त्रासमा बाँच्न पर्यो हामीले हो। तपाईंको माओवादीले म जस्तो देश छोडेर हिंडेको मान्छेलाई प्रत्यक्ष असर गरेको थियो। यस्तो आतंक मच्चाएर सत्तामा पटक पटक आउन पाएर नि के नै त्यस्तो आमुल परिवर्तन ल्याए र, प्रश अन्नुतरित छ।
Read Full Discussion Thread for this article