Posted by: edv2023 December 7, 2022
घर बनाउने अनुभब कोइ संग छ ?
Login in to Rate this Post:     0       ?        
घर मेरो ऐलेको प्रमुख आवसेकता हो तर न्यु योर्क सहरमा घर किन्ने जाँगर नै आएन . एक त मेरो क्रेडिट हिस्ट्रीले मलाई अहिले १.१ mil को घर किन्ने अनुमति दिदैन, ल केहि गरेर किन्न मिलि हाले पनि तेती महँगो घरमा मोटर पार्किंग पनि गर्न नमिल्ने . अगाडी सडकमा पार्किंग गर्नु पर्ने रे . एस्तो पनि हुन्छ कहिँ ? मेरो फेरी गाडी चै अलि राम्रै चड्ने सोख छ . तेस्तो महँगो गाडी बाहिर कसैले तोड फोड गर्यो भ्याने त बर्बाद हुन्छ . यो सहरमा मान्छे फेरी पागल , पागल हुने रैछन . कुनै पागललाइ केहि कुरोमा सनक चड्यो भने सिधै अर्काको गाडीमा आएर हान्दिने .

अस्ति म नेपाल गएको बेलामा श्रीमतीको साथीको गाडीमा कुन्चाई बहुलाले राति आगो लगाएछ . टायर चोर्ने , catalytic converter चोर्ने आदि आदि घटना त कति कति . अनि एस्तो ठाउँमा बसेर भयो त ?

बरु अलिकति पर राम्रो जग्गा खोजेर आफै घर बनाऊ कि भन्ने पो आयो . राम्रो भए ड्याम्म बसिञ्छ नत्र airBNB चलि हाल्छ येत्रै सिद्धि . येही सोचले नजिकका साथी भाई संग कुरा आघि बढाएको कसैले पनि आफै नबनाउन सल्लाह दिए . कारण, contractor दिने दुख , लापरबाहि अनि ढिलाई .

केहि साथी भाईले राम्रै घर बनाएर बसेका छन तर कसैले पनि आफै घर नबनाऊ भने .मेरो नेपालमा घर बनाउने अनि बेच्ने राम्रै अनुभब छ र यो काम मलाई राम्रै लाग्छ . नेपालका ठेगादर त खत्तल हुन्छन तर यहाँक झन् फटाहा हुन्छन भनेको सुन्दा अचम्म लाग्यो.
Read Full Discussion Thread for this article