Posted by: Dada_Giri January 2, 2005
Happy Lochhar: Small Memory!
Login in to Rate this Post:     0       ?        
मुखिनी आमाले घैलाबाट कोदोको "जाँर!" निकालिन् र बटुकामा राख्दै सबैलाई पस्किन थालिन्। लालु सरलाई नि टकारिन्। "सर जाँर!" लालु सरक नजर कहिले सानुमायाका ओठमा पुग्थे कहिले सोरठिको भाका मर्किएको कम्मरमा। होस जति कता कता । अघिको गाँजाले होला। लालु सरले २ बटुका जाँर सिद्दाए र उठे। कम्मर भाँच्दै। थगुको हातबाट सानुमायालाई खोसेर घुमाउन थाले। "हा आ आ वारी जमुना पारि जमुना जमुनाको फेदैमा मनकामान! ए! एकादशी बजारैमा फन्के रोटि थालमा हो फन्के रोटी थालमा!"
Read Full Discussion Thread for this article