Posted by: Dada_Giri January 2, 2005
Happy Lochhar: Small Memory!
Login in to Rate this Post:     0       ?        
मानेले कटुसको पात बेरेर बिँडी बनायो। त्यो बिँडिको ठुटो सल्कायो र खोपियाबाट कुल्पि निकाल्दै राख्यो। एकैछिनमा घाम पनि पश्चिमको देउराली मुनि लुकिसकेछन्, जाडोले सेक्न थालिसकेकोले सबैजनामाथि पटाहातिर सरे। सानुमायाले गुँदरी माथि काम्लो बिच्छयाइदिइ। लाल प्रसादका लोभी आँखा सानुमाया कै घल्याकमुनिबाट चिहाइरहेका थिए। सानुमायालाई लोछारको नयाँ घल्याक साह्रै सुहाएको थियो। मुखिनी आमैले तमाखु लिएर निस्किन् र लाल प्रसादको अगाडि टकारिन्। लाल प्रसादले पहिलो सुर्को ताने । एक सर्को लगाए।फेरि एक सर्का तानेर मुखिया बाको अगाडि सारे। बाहुनलाई च्याउ खाएको भए पो स्वाद थाहा हुन्छ भने जस्तो स्वाद थाहा नभएर हो अथवा मुखिया बा को सत्कार गरेर हो कुन्नि त्यो त भगवान जानुन्। मुखिया बाले पनि दुइ सर्का तान्दै "ला!" भनेर मानेतिर सारे। मानेले बिँडिको ठुटो निभाएर आधा ठुटो बिँडि खल्तिमा राख्यो र तमाखु सर्काउन थाल्यो। क्रमश:
Read Full Discussion Thread for this article