Posted by: edv2023 October 13, 2022
Legal Marriage in Nepal
Login in to Rate this Post:     0       ?        
सर लिगल म्यारिज २ प्रकारका हुन्छन पहिलो ओडाको सिफारिसमा गाऊ पालिकामा/नगर पालिकामा गरिन दोस्रो सिधै जिल्ला प्रसासन कार्यालयमा गरिने .

विदेश जाने प्रयोजनको लागि चै आफ्नो जिल्लाको CDO कार्यलयमा गरेको बिबाह बैधानिक हुन्छ . एसको लागि तपाई वा तपाईको GF को आफ्नो जिल्लाको CDO कार्यालय जाने . बिबाह दर्ताकोको निबेदन दिने . दुवै जनाले निबेदन दिएको १५ दिन पछि फेरी बोलाउछ . त्यो १५ दिन भित्र चै cdo कार्यालयले तपाईले दिएको सूचनाको cross verification गर्छ . जस्तो तपाईको ठेगाना सहि हो कि होइन, नागरिकता सहि होकी होइन, तपाईको पहिले बिहे भएको छ कि छैन . cdo कार्यलएले तपाईको घर नजिकको पुलिस थानामा चिठी लेखेर एउटा हवल्दारलाइ तपाइको बारे सूचना लिन पठाउछ . cross verification गर्न्दा तपाइको सूचना गलत निस्कियो ( जस्तै तपाइको पहिले नै बिबाह भै सकेको , वा नक्कली नागरिकता आदि ) भने तपाई लाई ठाउँको ठाउँ समातेर जेल हाल्छ हैन भने १५ दिन पश्चात तपाईको बिबाह दर्ता हुन्छ .

यदि १५ दिन भित्र तपाईको सर्जमिन हुन सकेन भने तपाईले चिन्ने टोल छिमेकका ५ जना नागरिकता सहित CDO कार्यालय गएर तपाईको निबेदनमा दस्तखत गरे पनि बिबाह दर्ता हुन्छ .

ओडा बाट गरिने बिवाह चै अति कच्चा हुने गर्दछ, एस्तो बिबाह बाट visa refuse हुने RFE को झंजट हुने हुन्छ. एस्तो बिबाहमा चै बिहे गरेको फोटो देखा, जन्तीको लिस्ट भन , केटि लाइ कहाँ भेटेको फेरिस्ता लगा , सासुको नाम के हो , सालोको नाम के हो , जेठी सासुको माइत कहाँ हो देखि सोच्दै नसोचेको प्रस्न सोधेर visa नदिने खतरा हुन्छ .
Read Full Discussion Thread for this article