Posted by: Khaobaadi_Netaa October 12, 2022
गुण्डागर्दी पृष्ठभूमिबाट आएका दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित
Login in to Rate this Post:     0       ?        

https://www.onlinekhabar.com/2022/10/1203431

२६ असोज, पोखरा । चुनाव जितेको एक वर्षपछि मात्र प्रदेशसभामा प्रवेश पाएका राजीव गुरुङ ऊर्फ दीपक मनाङे चर्चामा मात्रै रहेनन्, गण्डकी प्रदेश सरकार बनाउने र ढलाउने खेलमा निर्णायक बने ।

दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा « गोर्खा आवाज

गुण्डागर्दी पृष्ठभूमिबाट आएका मनाङेले २०७४ मा मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेले समर्थन गरेपछि कांग्रेसका कर्म गुरुङलाई हराएर प्रदेशसभा सदस्य चुनिएका उनी पछिल्लो डेढ वर्षमा नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको दुबै सरकारको युवा तथा खेलकुदमन्त्री बने । मन्त्री भएपछि पनि विवादमा परिरहे । तर तिनै दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।४ मंसिर २०७९ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २३ असोजमा उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

अन्यत्र गठबन्धन गरेको कांग्रेस र एमाले आफ्नो उम्मेदवार उठाउने भन्दा मनाङेलाई समर्थन गर्ने होडमा लागे । मनाङेले सुरुमा सत्तारुढ गठबन्धनको समर्थनमा उठ्ने बताएका थिए । तर उम्मेदवारी दर्ताको दिन गठबन्धन छाडेको बताए र एमालेको पनि समर्थन लिन सफल भए । अर्थात दुबै गठबन्धनले मनाङ (ख) मा उम्मेदवार खडा गरेन । मनाङेले भने स्वतन्त्र उम्मेदवारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनाङेसँगै दोर्जे लामा गुरुङले स्वतन्त्र उम्मेदवारी हालेका थिए । तर उनलाई पनि आफ्नो उम्मेदवारी फिर्ता गर्न लगाएर मनाङे निर्विरोध मात्र भएनन्, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन २०७९ को निर्वाचित हुने पहिलो सांसद बनेका छन् ।
Read Full Discussion Thread for this article