Posted by: Dada_Giri January 2, 2005
Login in to Rate this Post:
0
?
मूखियाको आँगन! पौष १५ को साँझ! सुर्यास्त हुन केही समया बाँकि। अलिअलि जाडो!
साँझमा स्वस्थानी सुन्न जाँदा लगाउने लाखु टोपी लगाएर लाल प्रसाद मुखियाको आँगनमा पुग्छन्।
यतिबेलासम्म कोही आइपुगेको जस्तो देखिँदैन।
"ले बुढी! तमाखु भार्दे मास्टर बाबुलाई नि।", मुखिया बाले जाडो मानेको लाल पर्सादलाई माया गर्दै तमाखुले सत्कार गर्न खोज्छन्।
"मूखिया बा, मैले तमाखु खान्न।" , कोही पनि नआइसकेकोले संकोच मान्दै लाल पर्सादले तमाखुको सत्कारलाई थमौति गर्न खोज्छन्।
"आबुइ! कास्तो कुरा गार्छ है गाँठी, जिम्मावालको छोरा भएर नि तामाखुसित डाराउँछ। छोरा भएर जे पनि गार्नुपर्छ। कहिलेको भोट कहिलेको मधेश! नात्र अहिले नाच्ने केटी पनि पाउँदेन है भन्छ।", भन्दै मुखिनी आमा भित्र पस्छिन्।
यत्तिकैमा डाँडाघरबाट थगु पनि आइपुग्छ, "सरको सावारी भइसकेछ। कताबाट भागुमान् आयो कुन्नि, आज तो।"