Posted by: Bennedict August 16, 2022
श्रीमान प्रति घट्दो आकर्षण :(
Login in to Rate this Post:     0       ?        
ब्रेन जी,
के भनौ हजुर अब? तपाईंलाई यत्तिका टाइम छ, है कसैले लेखेको भरमा कसको घरमा के तरकारी पाक्छ सबै पता चल्छ। म त वाक्क, दिक्क प्याक्क भईसके हो। तैपनी मेरा केही कुरा राखौ।
# यो लेख कुनै विवाहित आईमाईले लेखेको हो, तपाईं मलाई $१००० दिन्छु भन्नुस् म पत्त्यौनेमा छैन ल। सबै भन्दा पहिले लेखेको ग्राम्मर मिलेको छैन, अब कुनै महिलाले लेख्दा "मेरो जीवनमा वहा मात्रै एक जना मान्छे हो जो संग मैले सम्बन्ध बनाएको छु" लेख्छ र? "...... मैले सम्बन्ध बनाएकी छु" हुन्छ होला हैन? त्यस्तो अरु ठाउमा पनि छन, यो त सिधै केटाले लेखेको जस्तो छ हो।
# अनी कुनै आईमाईले आफ्नो बेडरूमको कुरा आफ्नै लोग्नेलाई सोझै नभनेर साझा जस्तो ठाउँमा आएर लेख्छिन होला त? खुरुक्क लोग्नेलाई आँफै भने भईहाल्यो नि, त्यो गर्न नि गाहरो भए टेक्स्ट गरे भो नि हैन र? अहिले को टाइममा कुन चै मान्छे यस्तो ड्रामाटिक हुन्छ होला हँ? त्यस्तो मनको कुरा भन्न नसकेर पब्लिक स्पेसमा गएर अन्तरङ सिक्रेट पब्लिसाइज कसले गर्छ होला र खै?
# समस्या त अजिप छ छ अनी हेर्नुस् त्यहा सुझावको ओईरो, खै के भनौ। एउटै मान्छेले समस्या पनि लेखेको जस्तो र सल्युशन पनि लेख्ने पनि तेही मान्छे जस्तो।

बाँकी सबैजना कुरा बुझ्नुस् होला।
Read Full Discussion Thread for this article