Posted by: logan August 11, 2022
के तपाइँका छोराछोरी सोझा लाग्छ ?
Login in to Rate this Post:     1       ?         Liked by
हामि हरु ठाउमा सटिक प्रश्न गर्न जान्दैनौ वा गर्दैनौ | अरुलाई आर्थिक रुपमा निचा देखाएर आफु ठुलो र बाठो देखाउन खोजेका हुन|

तपाईले "हामि बाठा थियौ" भनाइलाई कसरि बाठा थियौ लौ बताई दिनुस भनि सोध्नु भएको भए "बाठा कुन अर्थमा लिएका रहेछन" थाहा पाउनु हुनेथियो |
नेपालमा जन्मेर अमेरिकामा हुर्केको नातिले हजुर आमाको सोधाइ प्रति दिएको उत्तर यस्तो थियो " हाम्री हजुर आमा पनि कस्ती , आफ्नै छोराको नाम म संग सोध्छिन " | उनले नातिलाई जिस्क्याउदै "ए" तेरो बाउको नाम के हो भनि सोधेकी हुनु पर्छ |
नेपालीमा बाठो भन्नाले के के जनाउछ त ?

-चोरी चकारी गर्न सक्ने
-चाहिएको बेला सफेद झुट बोल्न सक्ने / छल छाम गर्न सक्ने
-सधै आफुलाई ठुलो हु ठान्ने र ब्यबहार गर्ने
-धाक धक्कु लगाई रहन सक्ने
-आफ्नो जात अनुसार अरुलाई सानो बनाइ कुरा गर्ने

तिम्रा बठ्याइ आफै संग राख , मिहिनेत को फल मिठो हुन्छ र परिश्रम गर्ने पर्छ भन्ने कुरा सिकाउ | ढिकुटि को पैसा लिएर विदेशिने काम बठ्याइ होईन हो | घुस खाएर महल खडा गर्ने काम पनि चोरि नै हो तर हाम्रो नेपालि समाज ले सुद्द तलब थाप्नेलाई "बज्रस्वाठले एउटा घर पनि बनाउन सकेन" भनि बदचुदाई गर्ने हामि नै होउ | त्यो सुद्द तलब थाप्ने बज्रस्वाठ को सुचिमा राखेका छौ | हाम्रा बाठापन हरु यस्तै यस्तै छन् र यस्ता कुरा सिकाउन पट्टि नलाग्दा नै बेस होला |
Last edited: 11-Aug-22 01:34 PM
Read Full Discussion Thread for this article