Posted by: talu ko budi August 8, 2022
श्रीमान प्रति घट्दो आकर्षण :(
Login in to Rate this Post:     0       ?        
हामी प्रेम बिबाह गरेर अम्रिका आएका हौ . १० वर्ष पुगी सक्यो . वहा सुरुदेखि खासै आकर्सक पुरुष पनि होइन र मलाई पनि कहिले पुरुष संग तेती धेरै आकर्सन पनि भएन .

वहा र म कलेज देखिको साथी, वहा पढाईमा तेज म औसद . वहाले मलाई पढाईमा सहयोग गर्ने सिलसिलामा नजिक भइयो र वहाकै जोरबलमा माया प्रेम बस्यो . १२ सके पछि वहा US आउनु भयो र ३ वर्ष पछि मलाई बिहे गरेर लानु भयो . सबै ठिक ठाक चल्दै थियो वहा IT को जागिर कैले कता कैले कता डेरा सरि रहनु पर्ने . बिगत २ वर्ष देखि जागिर स्थाई भयो अनि सन्तान जन्माउने निर्णयमा पुग्यौं,
kovid ले जुरायो .

मैले सुरमै भने वहा खासै आकर्सक पुरुस होइन र मलाई येस्मा कुनै समस्या थिएन . बैंसमा स्याल पनि घोर्ले भने झैँ वहा २० २२ वर्षमा त ठिक ठाकै हुनु हुन्थ्यो , बाक्लो कपाल , चस्मा लाउद झिल्के देखिने . तर ३० काटे पछि वहाको सौन्दर्यको अधो गति सुरु भयो . कालो बाक्लो कपल बिस्तारै झरेर ३३ वर्षमा त चिन्ड़े हुनु भयो , अनेक बिधि प्रयोग गर्येउ केहि सिप लागेन . कापल झर्ने क्रम येस्तरी बढ्यो कि ,क्याप नलाई हिड्न नसक्ने भइयो . २० वर्षमा तेस्तो झर झर कपाल भएको मान्छे ३० वर्षमा तेस्तो खुइले हुनुहुन्छ भनेर मैले सपना समेत सोचेको थिईन . वहा जिम गएर ज्यान चै ठिक ठाक नै राखी राख्नु हुन्थ्यो र मलाई पनि जिम जना प्रेरणा दिनु हुन्थियो . यहाँ सम्म पनि जिन्दगि एकदम खुसि साथ् बिति राखेको थियो .
एक वर्ष अगाडी जब सन्तान भयो तब मेरो सारीरिक र मानिसिक आवस्थामा काय पलट भयो .सायद हर्मनको गडबडीले होला .प्रस्ट भन्नु पर्दा मलाई यौन चाहना तिब्र हुन थाल्यो , पुरुष प्रति आकर्सन तेज हुन थाल्यो . टिन एजमा नभएको तिब्र यौन प्यास ३५ वर्षमा हुन थाल्यो . आगोम घ्यु थप्ने काम मेरो नजिकको नेपाली छिमेकि ले गर्नु भयो . मलाई एकजना नेपाली बिबाहित भाई ज्यादै आकर्सक लाग्छ , मिलेक्को अग्लो ज्यान, कपाल अनि गोरो छाला . आफ्नो लोग्ने हेर्यो खुइल्याएको खसी जस्तो तालु, प्यात्त भुडी, न खासै उचाई , न आखा राम्रो न छाला .

अचम्म लाग्छ , ३५ वर्ष सम्म कुनै पुरुसको आकर्सनले केहि छुएन मलाई तर ऐले लगभग बुढेसकालमा किन एस्तो भइ राखेको छ . येति सम्म नराम्रो खयाल आउछ कि कैले कहिँ त मैले किन एस्तो नराम्रो मान्छे छाने भन्ने फेलिंग्स आउछ . एकै छिनमा फेरी सबै ठिक हुन्छ, एकदम नर्मल तर २ ४ घण्टा पछि फेरी तेस्तै खयाल आउछ मनमा .

राति सहबासको समयमा जब वहा म माथि हुनु हुन्छ सिदै वहाको तालुमा आखा जान्छ अनि फीलिंग्स सबै सेलाएर जान्छ .वहाले यौन कार्य गरि रहेको बेला म कैले छिमेकि भाईलाइ सम्झनछु कैले ऋतिक रोशन सम्झन्छु . एकाग्रता हुनै सक्दैन , केहि सिप नलागे पछि पछाडी फर्किन्छु अनि आखा चिम्लिन्छु . मेरो तृप्ति पुरा नभए पछि दिन भर छटपटी हुन्छ, तेस्माथी नानी सानो छ उसलाई समय दिनु पर्छ . नानी सुते पछि अस्लिल साइट हेरेर दिन काट्छु . आफैलै कस्तो नराम्रो लाग्छ.

येस्मा वहाको केहि दोष छैन, हिजो वहा जस्तो हुनुहुन्थियो आज नि तेस्तै हुनु हुन्छ, परिवर्तन त म मा आएको छ . मैले जानेर गरेको त होइन तर म जिन्दगि देखि खुसि नै छैन . मैले वहालाइ सिधै यो कुरा भनेको पनि छैन तर घुमाउरो रूपमा भनेको छु, कति बुझ्नु भयो थाहा भएंन . म यो चाहान्न तर मैले रोक्दा रोक्दै पनि कुनै दिन म बाट गल्ति त हुने होइन भन्ने एकदम डर लाग्छ . सन्तान जन्मे पछि वहा धेरै खुसि हुनु हुन्छ र जिम जाने क्रम पनि घटेको छ जसले गर्दा वहाको भुडी बढेको छ. कपाल रोप्ने प्रयास नगरेको पनि होइन तर वाहाको कपालको नसा नै मरी सकेको कारण ले केहि फाइदा हुन्न भन्यो डाक्टर ले .
घरमा सन्तान भए देखि कैले वहाको परिवार नेपाल बाट आउने कैले मेरो आउने यसले नि झन् ब्यक्तिगात स्पेस नभएको अनुभब गएको छु . एस्तो कुरो बाहिर भन्न नि गार्हो, नभनौ आफुलाइ सहनै नसक्ने भाई सक्यो . मेरो जीवनमा वहा मात्रै एक जना मान्छे हो जो संग मैले सम्बन्ध बनाएको छु . मेरो स्कुले केटा साथी यहि अम्रिकामा छ , ऊ एकदिन हाम्रो घर आएको थियो अरु साथी संग भेटघाटमा , राम्रो थियो र छ पनि . हास खेलको क्रममा मैले उसको गाला चिमोटन्न पुगे ,मैले किन गरे थाहा भएन तर कस्तो आनन्दको अनुभूति भयो .

मैले किन साझामा पोस्ट गरे ?
कुनै दसैँमा मेरो श्रीमानले येही साझा बाट मालश्री धुन बाजाको देखेको छु तसैले विश्वास छ वहा साझा प्रयोग गर्नु हुन्छ भन्ने . मैले तपाइलाई यो कुरा भन्नै पर्छ तर तपाईको अगाडी भन्ने साहस छैन . आशा छ तपाईले यो पोस्ट पढेर मेरो कुरा बुझ्नु हुने छ र समाधानमा साथ् दिनु हुने छ . तपाईलाइ धोका दिने कल्पना पनि गर्न सक्दिन , दिने भए तपाई तीन वर्ष नेपालमा म संग नहुदा दिने थिए . तर मेरो नि चाहना र बध्येता छन् जुन मेरो बस भन्दा बाहिर छन्

तपाईकि पीयारी
Read Full Discussion Thread for this article