Posted by: _____ July 25, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     1       ?         Liked by
बेद, रामाएण र महाभारत मा "हिन्दू" शब्द को प्रयोग भएको छैन, चाइनिज हरुले हैन्तु भन्थे १०० बि सि तिर, ग्रिक हरुले इन्दोइ भन्थे ६०० बि सि तिर, ओल्ड् टेस्टामेन्ट (जिउ को बाइबल मा होदु भनेको छ। भारत मा भएको एउटा अशोक पिलर मा एस्तो लेखिएको छ्
सब मुनिसा मे पजा। अथ पजये इछमी किन्ती मे सबेणा हितसुखेन यूजेयू। अथ पजाय इछ्मी किन्ती मे सबेन हितसुखेन यूजेयू ति हिन्दलोगिक पाललोकिकेण हेबममेब मे इछ सबमुनिसेसु . अर्थात
(All men are my people. I desire for my people that they may be provided with all welfare and happiness. I desire for my people, including the people of Hind and beyond and I desire for all men.)

अवेस्तन मा "हप्ता हिन्दू" भनेर" "सप्त सिन्धु" लाई भनिएको छ्। तेस्तै Avestan Gaatha " sahatir "।  मा बेद व्यास ले राजा Gustasphp को दरबार मा Zorastra को उपस्थिती मा आफुलाई 'man marde am Hind jijad' "म हिन्द मा जन्मे को मान्छे हुँ" भनेको छ् यो अन्दाजी ३००० बर्ष अघी को कुरा हो
यो सबै हिन्दू धर्म लाई भनेको होइन भारतीय भुगोल लाई भनेको हो। हिन्दू धर्म भनेर त धेरै पछी लेखिएको हो। सबै भन्दा पहिले "हिन्दू धर्म " शब्द को प्रयोग मेरुतन्त्र मा भएको देखिन्छ जुन अन्दजी ४-६ सताब्दी ए डि को मानिन्छ यो एउटा शैब ग्रन्थ हो। तेस्पछी १५ १६ शताब्दी तिर "हिन्दू धर्म" भनेको धेरै देखिन्छ। हिन्दू धर्म वनेर मन्मानी प्रयोग सन १८०० पछी भएको देखिन्छ.

तेसो भये कुन हो त हामीले भन्दै आएको हिन्दू धर्म? हिन्दू हरुले मन्दै आएको पुरानो ग्रन्थ अनुसार यो "सनातन" धर्म हो एस्लाई किन सनातन धर्म भनेको भने यो कसैले स्थापना गरेको धर्म होइन पहिला देखी चली आएको धर्म हो, अब बेद ले नै एस्लाई पहिला देखी चलिआएको भनेपछी यो धर्म बेद गाइनु भन्दा पहिले देखी थियो भन्ने बुझिन्छ। एस्लाई सनातन धर्म भन्नु को अर्को करण पनि छ ५०००-- ३००० बर्ष तिर अरु धर्म पनि देखिन थाले अब अरु धर्म देखी यो धर्म लाई फरक देखौन के भन्ने भन्दा सबै भन्दा सजिलो "सनातन" पहिले देखी चली आएको भन्ड्यो कुरा खत्तम, मान्छे ले यो पुरानो धर्म भनेर बुझी हाल्छन.
अहिलेको स्वरुप को सनातन धर्म सरस्वोती नदिको (जुन अहिले छैन) किनार मा बिकास भएको देखिन्छ पछी नेपाल को दक्षिण को छिमेकी का उत्तर तिर का बसिन्दा ले स्ठानिय करण गरी गंगा नदी लाई महान बनाये । बेद मा गंगा नदी को उल्लेख छैन।
अब सनातन धर्म लाई कसरी चिनौने भन्दा यो धर्म राम्ररी बुझ्न जरुरी छ। अहिले सबै धर्म ब्यापार भएका छन। कथा पढेर धर्म बुजिन्न.
Last edited: 25-Jul-22 05:27 PM
Last edited: 25-Jul-22 06:26 PM
Read Full Discussion Thread for this article