Posted by: Bennedict July 9, 2022
मेरो नेपाल यात्रा
Login in to Rate this Post:     0       ?        
त्रेलर मात्र भो भन्नुभो केटोफरारजी ले, पुरै फिल्म दिने प्रयास गर्दै किस्ताबन्दिमै होला अझ। केटीको बारेमा पनि चर्चा गर्नेछु लोगनबेनेडिक्टज्यु।

# शक १
गाडी चढ्नासाथ सबैभन्दा ठुलो शक मैले फेस गरेको चै अथाह गाडी-गाडिकै हुल, सागर, अनी तेसमाथी स्कुटर, मोटर्साइकलको बग्रेल्ती, यताबाट पनि आको छ उताबाट पनि आको छ। अनी तेतिले नि नपुगेर हर्न बजाको बजै ओह हो। के हो यस्तो? म त यो अचानक कहाँ, कुन अजिबोगरिप ठाउँ आए हँ भयो मलाई त। अमेरिकाको बाटोमा हर्न बजाउने अत्ती भएपछी हो, अनी तेस्तै कुनै अरोगेन्ट ड्राइभर छ भने, तर यहाँ त हन्क गर्न कुनै आईतवार रहेनछ हो। अनी फेरी ड्राईभिङ तरिका पनि, राम राम। जसको शक्ती उसको भक्ती देखे हो। न रुल कोही मानिराका छन, गलत लेनबाट गाडी छिटो उम्काउने, ओभरटेक गर्ने त कमन रहेछ। मेरो कजन चलाइराको थियो, डर मलाई लागिराको थियो। कोही मोटरसाइकल त हान्ला हान्ला जस्तो गरेर नजिकै आउने, अनी आफ्नो गाडी पनि अरुको छोला छोला जस्तो। म त यहाँ ड्राइभ गर्न मरिकाटे सक्तिन मैले भन्दा त "जो डर गया, सो मर गया" रे पो मेरा आफन्तहरु। अनी टी-सेक्सनमा आउँदा त सबै बाटोबाट आएका गाडी, मोटर्साइकल सबै हर्न बजाउदै आउने रे हर्न बजाउदै जाने रे। रियल्ली? टि-सेक्सनमा त गाडी रोकेर दाँया बाँया हेरेर अनी अगाडि जाने भनेर पो मैले सिक्या थिए। लोल। हेर्नुस् म काठमाडौंको मध्यम बर्गिय परिवारबाट आएको मान्छे, त्यो बेला कसैले कार राखे भने त्यो ठुलो कुरा हुन्थ्यो। मैले के खाएर ड्राइभ गर्नु तेतिखेर, स्कुल बस, साझा यातायात र बिक्रम टेम्पो, ट्याक्सी, टेम्पो तेती चढियो। जे गरे मैले यही अमेरिका आएर गरे, सिके। अहिले त त्यहा काठमाडौंमा धेरैको एस यु भि, भएको देखे, अनी तेस्पछी स्कुटर र मोटरसाइकल को लावालश्कर त छदैछ। गाडी चै धेरैले अफ्फोर्ड गर्ने भएछन, पहिले जस्तो हुने खाने, या कुनै घुस्याहा कर्मचारीले मात्र पजेरो चढेको जस्तो हैन रहेछ।

मान्छेको पपुलेशन र बाटोको पल्युशनको के कुरा गर्नु? यसो बाटोको घरहरुमा हेर्छु त सबै धुलै धुलोको थाक। घर त नयाँ जस्तो देखिन्छ तर धुलोले चै गर्नु गरेको। कसरी बस्दा हुन मान्छेहरु, धुलो खाएर र हर्न को आवाज सुनेर? अर्को बाटो काट्न नसकेर मान्च्छेको भिड तेत्तिकै, बिचराहरुलाई कसले जान देओस? सबैलाई हत्तार छ। जिद्दी गरेर काटे मात्र जान दिने रे नत्र त तेही अड्केको अड्केइ। उनिहरुको पो माया लाग्ने। एक हातमा मोबाइलमा बात मार्दै, अर्कोले गाडीलाई ईशारा गर्दै बाटो काट्ने चलन पो देखे हो। धेरै बर्षअघी इन्डिया घुम्न गएको थिए, सुनौली, गोरखपुर हुँदै, तेतिखेर, गोरखपुरको स्थिती देखेर यती डर लागेको थियो, काठमाडौं त धेरै बेटर भन्थे, तर अहिले तेही काठमाडौं गोरखपुर भन्दा नि तल्लो स्तरमा पुगेको देख्दा चै दु:ख लाग्यो। मान्छेको भिड र गाडी त यत्तिका थिएनन त्यो बेला, के भाको हो यस्तो? म त अचम्मैमा परे।

एनिवे घर पुगियो, अनी आउन साथ सोफामा लम्पसार परियो, छाती पोलेर हालत खराब। तेस्रो दिन सम्म केही बिसेक भो, ग्यास्ट्रिक भको भन्दै के के औषधी खान दिए आफन्तहरु तर पछि गुगल गरी बुझ्दा कसैलाई जेटल्याग कसैलाई प्रेसरको डिफ्फरेन्सले जेट-ब्लोटिङ पनि हुदो रहेछ। खैर, चेन्ज रमाइलो र अजिप लागि नै रहेको थियो, बिहान बिहान् कुखुरा बासेको सुन्दा, मदिसेले खाली सिसी भन्दै टोलमा कराएको सुन्दा चै रमाइलो लाग्थ्यो।

# शक २
यस्लाई शक त नभनौ तर एक प्रकारले शक नै भयो। तेस्रो दिन सम्म पुग्दा अली ठीक भएछी लाग्या थियो, आई एम ओके नाउ। खाना खान पनि गाहरो भएन, पानी चै घरकै खाइन्थ्यो, बाहिर चै केही खान्न थिए। तर चौथो दिनमा चै एका बिहान सबेरै उठ्दा टाउको भारी पाए, उठ्ना साथ उल्टी भयो अनी के चहियो एकै छिनमा पखाला चल्यो। अनी तेसपछी बास जस्तै ढल्न पुगियो। पानी पिए नि उल्टी, खाना त झन खानै नहुने, दुई दिन सम्म पल्टेकै पल्टेइ भो। म त मर्छु कि जस्तो भो। म मात्र भनेको त म सँग आउने अरु पनि तेस्तै, फरक फरक दिनमा। पछि त नेपाल बसेकाहरु पनि बिरामी परे, पालै-पिलो। ओह हो के हो यस्तो? कुनै भाईरल फ्लु जस्तै। चेक् गराउन गईयो फेरी अर्कै ग्यास्ट्रिकको औषधी भिडाइदिए। पछि सबै त ठीक त भए, तर एकछीन त सबै आत्तिए। अब यो चै मैले नि बुज्न सकिन, आखिर भाको के थियो त? धेरै बर्ष बाहिर भएर पानी एकैचोटी डाइजेस्ट नभाको हो या के हो। तर नेपालकोहरु चै किन एक पछि अर्को बिरामी परेका हुन? तेस्तै सिजन थियो कि न?

# शक ३
अली सन्चो भएछी बाहिर घुम्ने प्लान बनायौ। अब कता जाने भन्नु? मलाई त बाटोको ताल, र ट्राफिक देखेर बाहिर निस्कन मन थिएन। अब अझै अरु शकहरु त झेल्न बाँकी नै थियो। शहर त ध्वस्त नै देखे, मेरो शब्दमा भन्नुपर्दा, यस्तो बिधी नराम्रो थिएन त्यो बेला। अब यो कुरा ब्यक्तिपिच्छे फरक हुन सक्छ। तर मैले छोडेको काठमाडौं र अहिलेको म आकाश जमिनको फरक मैले पाइराको थिए। मान्छे कम थिए, पल्युशन थियो तर यस्तो बिधी थिएन। गाडी कम कुद्थे, बाटो काट्न डराउन पर्ने स्थिती थिएन। बाटो पनि त्यस्तो ध्वस्त लाग्थेन। अहिले बाटो कती ठाउमा चै ठुलै, मल्टि-लेन चै बनाउन ट्राइ गरेकै हो, कती ठाउमा चै पुरानो पेडेस्त्रेन बाटो भनौ छ फीट्को घटाएर ३ या अझ कतै त २ फीट गरेको नि देखे। के हो यस्तो? बाटो हिंड्ने चै मान्छे नै भएनन अब? २०-२५ बर्ष पहिले हिड्दा तेही बाटो कती फराकिलो लाग्थ्यो अहिले त बाथरुम को डोर भन्दा नि सानो। तेत्रो गाडीको बाटो बढाएर नि माइतिघर, त्रिपुरेशोर र कलंकी ओह हो यो ठाउहरुको जाम देख्दा चै ठुलै शक भयो। अफिस टाइम होस् या नहोस्, सधैं जाम। दिनभर कहाँ जान लागेका हुन? कता जान खोजेका हुन?

अर्को थर्ड वर्ल्ड कन्ट्री त भन्नु मात्र होला हो, गरीब देशको धनी जनता भनेको त तेही गएर बुझे। एक दिन कतै जाँदा त्यस्तै थोत्रो सडकमा टेस्ला पनि कुदेको देखे, म चै गाडीको झ्यालबाट "रियल्ली" भन्दै हेरेको हेर्यै भए। भन्दै थिए मेरा कजन दाइहरु, यहाँ त एउटा मनाङेको ल्याम्बोर्गिनी पनि छ। ओह हो। अमेरिकामा चै एउटा ल्याम्बो किन्नेले घर आउन सक्छ कोही नेपाली चै नेपालमै ल्याम्बो चढ्ने पनि भएछन। अझ मैले सुने अनुसार गाडीको मुल्य नेपालमा भन्सारबाट निस्कनासाथ २००-३००% बढ्छ रे भनेची त्यो मनाङेले मानिलिउ $४००,००० पर्ने कुनै ल्याम्बोलाई नेपाली कती रुपैया तिर्यो होला त? सोच्न पनि नसकिने पो छ त। क्रमश:
Read Full Discussion Thread for this article