Posted by: Bennedict June 5, 2022
Bibeksheel Sajha Party and Balen Shah
Login in to Rate this Post:     0       ?        
ब्यक्तिगत रूपमा भन्नुपर्दा राजनीतिको कुरा मलाई तेती आउन्न भनौ। तेही पनि बालेन शाहले क्रीएट गरेको "हाईप्" देखेर चै म पनि के रहेछ र यो मान्छे जस्तो चै भयो। यसै क्रममा बालेन शाह सिसडोल पुगेर त्यँहाको स्थानियहरुसँग गरेको चर्का-चर्की सुनेर-देखेर चै म स्तब्ध नै भए भनौ। उँहाले झर्कदै स्थानियसँग बोलेका केही कुरा चै सुनेर मलाई "रियल्ली" भन्न आयो हो।

"मलाई ५ बर्ष अघी कसले के गरे भनेर मसँग बाझ्न नआउनुस्। "

"म ईन्जिनियर मान्छे, मैले महिनाको ३ लाखको जब गर्थे, म त्यस्तो जब छोडेर आएको मान्छे, आदी आदी"

अब मेयर भाको मान्छेले त्यसरी रिसाइराको जनतासँग झर्कन हुन्थ्यो वा हुन्न थियो अब साझाका एक से एक बासिन्दालाई थाहा होला हो। मलाई चै राम्रो लागेन अब मेरो पर्सनल धारणा सबैले मन्नुपर्छ भन्ने पनि छैन। तर बालेनको अपोजिट डेपुटी मेयर सुनिता डङ्गोलले बोलेको तरिका चै मनपर्‍यो। मिडियामा, जनतासँग बोल्ने तरिका चै वहाँलाई थाहा रहेछ।

अब र्याप हान्ने सिङरको ब्यक्तिव "कुल" लागेर मेयर पद दिने नेपालीहरु आफु भ्रमित भएर कसलाई मेयर बनाएछौ भन्ने दिन चै नआओस तेही हो।
Read Full Discussion Thread for this article