Posted by: tps2gc May 5, 2022
के नेपाल टाट पल्टी सकेको हो ?
Login in to Rate this Post:     0       ?        
its not a guff , rather a demand and supply thing . if you have a $ saving account in major Nepali banks, u must be aware that they been lending u NRS with as low as 3% apr for quite a while, now the apr has come to zero .
अनि भाइ, $ लेन्डिंग हो त्यो पनि 10K + , ब्यन्किंग च्यानल बाट लानु पर्छ , नेपाली १० लाख fixed मा हालेर तेस्को ११ % ब्याज लिएर फेरी तेही बाट कर्जा लिएर फेरी पुन कर्जा गर्न मिल्दैन .

तपाइको एउटा कुरामा चै म सहमत छु , मेरो एउटा सरकारी बैंकमा १७२ लाखको revolving overdraft सुबिदा छ , भनेको मतलब मैले १७२ लाख सम्म बैंको पैसा चलाउन सक्छु न्युनतम ब्याजमा . म यो पैसा ब्यापारी,ठेगदार आदि लाइ चलाउन दिन्छु ५ ६ महिना सम्म मिटर ब्याजमा , passive income हो मेरो यो . यो बापत बैंकले मेरो जग्गा धितो राखेको छ , मेरो ऋण डुब्यो भने जग्गा जान्छ अनि ब्लैक लिस्टमा पनि परिन्छ , हल्का जोखिम छ , तर कमाइ राम्रो छ , सालाखाला २ ३ लाख महिनाको बसी बसी आउछ बैंकको पैसामा .

भारतसंगको कारोबारमा नेपाल ले सधै IC मा कारोबार गर्छ . हाम्रा लगभग ५० लाख नेपाली भारतमा श्रम गर्छन तिनीहरुले बार्सिक २ खर्ब जति रेमित्यंस नेपाल पठाउछन . उनीहरुले पठाको भुक्तानी नेपाली रुपयामा दिनु पर्ने भएको कारण भारतमा नेपाली रुपैयाको माग पनि उच्च छ एसको पूर्ति भारतले नेपाल लाइ तेल बेचेर गर्ने गर्थ्यो तर करोनाको कारण नेपालीले भारतमा रोजगारी गुमाए पछि नेपाली रुपिया भारतमा अबमुल्यन भयो . नेपाली अर्थतन्त्र डामाडोल भए पछि हाम्रा सिमाका ब्यापारीले नेपली रुपिया साटेर भारु राख्न थाले , सिमाका भारतीय ब्यापारीले नेपाली रुपियामा कारोबार गर्न छोडे ,येस्ता बिभिद कारणले भारुको भाउ नेपाली रुपिया भन्दा महँगो हुदै छ . demand and supply
Read Full Discussion Thread for this article