Posted by: Bennedict April 15, 2022
Login in to Rate this Post:
0
?
हुन त कट्टु तिवारीजी हामी सबै साझाबासिभन्दा ज्यादा जानकार छन, बुझक्की छन, उनिलाई हामीले के सुझाव दिनु हो। साधारण हिसाबले भन्नुपर्दा जो मान्छेको स्यालरी $१५०,००० छ उसले घण्टाको $७६.९२ बनाउछ, दुई हफ्ताको तलब आउछ $५७६९.२३ हैन? अब ट्याक्स काटिवरि कती हुन्छ हामी आँफै हिसाब गरौ होला, त्यो चै, अब हरेक स्टेट्सको फरक हुन्छ, $४००० देखी माथि जती पनि होला, सबै जान्ने छन यहाँ। यती कमाउने मान्छे ले $३२,००० तिर भन्यो भनेर दातबाट पसिना निकालेको चै सुहाएन भनेको मात्र हो मैले। कट्टुजी ले भन्नुभइसकेको छ उहाको अजिपोगरिप खर्च छ, श्रीमतीको बोटोक्स देखी पार्लर, महँगो गाडी, इन्स्योरेन्स अल्मस्ट $४०० पर महिना आदी आदी। घरमा त वहाँले सिङल ह्यन्डेड्ली नेट $८००० वा बढी प्रती महिना भित्राइराको त सजिलै देखिन्छ हो, श्रीमतीको नजोडेर।
थाहा छैन उहाको छोरा छोरी कतिवटा छन, कुन स्कुल लेभलमा छन, कलेज जाने लेभलका भएका भए शायद $३२,००० तिर्न पर्दैन थियो होला कि? कट्टुजीले नेपाल पैसा पठाउनुछ, १ लाखको खर्च छ आदी भन्नुभाको छ, अब यहाँ नभाको खर्च सँग आई आर एस् को के सरोकार? तपाईंले यहाँ के कती बनाउनु भो र यहाँ नै के कती खर्च, लगानी गर्नुभो, त्यो कुराको बिशेष अध्ययन गर्छ होला हैन? यो सबै कम्प्लेन साह्रै लेम सुनिन्छ ल।
ओके तपाईंले भन्नुभो, सबै पैसा फसेका छन, लगानी गरेको छु, स्टक, इन्वेस्ट्मेन्ट आदी आदी, तर पनि पैसा त तपाईंकै होला नि हैन, अचल अस्सेटको रुपमा। तपाईंको टोटल वर्थ कि त तपाईंलाई थाहा छ कि त आई आर एस् लाई। अब सुको पैसा छैन भन्दै अझै गोहिको आसु रुनुहुन्छ भने पेमेन्ट प्लान बनाइ वरी तिर्छु भन्नुहोला नि हैन? आजको भोली पैसो दे नत्र अरेस्ट गर्न आउछु त भनेको छैन होला नि आई आर एस् ले तपाईंलाई? कि भनेको छ र हँ? पैसै छैन ब्यान्क्रप्सी फाइल गर्छु भनेर घुर्की देखाए त उनिहरुले त पत्ताको पत्तै हो।