Posted by: Nepe December 31, 2004
Postponed..New Year's Celebration
Login in to Rate this Post:     0       ?        
एउटा पुरानो कविता, जसको समसामयिकता सकिएको अझै छैन, रिसाइकल गर्ने धृष्?टता गर्दैछु..... स्थगित उत्सव नयाँ वर्षको पोहोर परार झै यस पाली पनि माफ गर्नु उत्सव अझै स्थगित राखी यो संक्षिप्त शुभकामना सन्देश पठाएको छु प्रियतम तिमीलाई मोर्चाबाट म मोर्चामा छु अझै फूलहरु जथाभाबी कुल्चेर हिडेका छन् आँधी म बगैचाको मोर्चामा छु पुलहरुको निर्माण कर्मीहरु बिर्सेर हिडे आधी म फट्केहरुको मोर्चामा छु सपनाहरुको आखेटमा छन् केहि धुलोहरु म आँखाको मोर्चामा छु सद्दामे सपना पुनर्जागरण रोक्ने माकुरे दुलोहरु बनाउने पाखाको मोर्चामा छु गोरेटा चिप्ला छन् पुरानो हिलो नयाँ वर्षा ले भिजेको म गोडा र बाटाका मोर्चामा छु फेरि हिसाब राखेर बेहिसाब काँढा बिझेको घाउ, मलम र खाटाका मोर्चामा छु म मोर्चामा छु प्रियतम मलाई शुभकामनाहरु पठाउ जडेर ताता चुम्बनहरु म तिम्रो ओठमा राख्?नेछु अर्को वर्षसम्म गरम स्थगित उत्सव नयाँ वर्षको (रचना: दीपक खडका, साभार: स्?वतन्?त्र नेपाल)
Read Full Discussion Thread for this article