Posted by: logan February 16, 2022
अमेरिका जाने कि नजाने : बिशाल ठानिने देशका सर्बसाधारण जनता
Login in to Rate this Post:     0       ?        
मेरा गुरु संस्कृतमा सास्त्री र TU बाट आइ ए गर्नु भएको हो | ब्यन्ग्कारका व्यंग हरु सायद मैले वहा बाटै सुनेका होला | अमेरिकामा चिहान खन्न जाओ एक बर्समा नया सडकमा घर बनाउने पैसा कमाउछौ | सुनेर अचम्म मान्थ्यौ अनि जान पाए हुन्थ्यो को सपना बोकिएको थियो | अनि वहाकै ज्वाईसाब लाइ हामि फलानी काका भनि सम्बोधन गर्थ्यौ चै अमेरिकामा भ्रुण दान गर्ने काम गर्न जाओ , दुवै हातमा लड्डु पाउने छौ, मुतुनो जोडाइ पनि हुने डलर पनि कमाइने | डाकलामा पानि चडि सकेको बेलामा जान पाए हुन्थ्यो कसलाई लाग्दैन होला |
अझै पनि अमेरिका जाने हरुले रुखबाट टिपेर ल्याउछन भन्ने ठान्छन | गफी महाराजका कुरा सुन्नु भए भोलि नै कुदु कुदु बनाउछन | यिनी हरु होण्डाई को साचो देखाउदै यहाका मन्त्रि हरुले यस्तै गाडी मा कुदेका छन् भनि तुलना गर्न पछि परेनन् भने यिनै गफमा प्रमाण थप्न साचो बोकेर लागेका होलान | महिनौ का लागि नेपाल जानेले एरपोर्ट मा गाडी राक्न सक्ने सामर्थ थियो होला र ?
नेपालमा   नब धनार्थ हरुले पैसा चलाएको कुरा राहुलभाइको पुराना लेख अझै ताजा छ " धनि देशका गरिब मानिस" को हिनता बोध गराएको अनुभब |
आज कहा बाट यो हेर्न पुगेछु र भोग्ने अमेरिका र कल्पित अमेरिका दुई धुबिय कुरा हुन् | सहि ठाम र सहि समय मा जे पनि हुन् सक्छ तर त्यो नेपालमै पनि हुन् सक्छ | हामि कतारमा टोईलेट सफा गर्न तयार तर नागले पसल खोल्नु जज्जा / हिन कार्य गरेको ठानिन्छ | हुन् पनि किन नहोस कामको आधारमा ठुलो र सानो हुने भएको ठाउमा किन हेपिएर बस्नु ?

अमेरिका छिर्न चाहनेले यो डकुमेन्ट्री बुझ्नु नै हुनेछ र हेर्नु भए अमेरिकी हरुको भित्रि कुरा बुझ्न पाउनु हुन्छ भनि टासेको हु |

https://youtu.be/JHDkALRz5Rk

Last edited: 16-Feb-22 01:57 PM
Read Full Discussion Thread for this article