Posted by: ktmpost October 20, 2021
अमेरिकामा आफनै स्टोरमा एक नेपालीको गोली हानी हत्या
Login in to Rate this Post:     0       ?        
lal kishor mahaseth

अमेरिका–अमेरिकामा सोमबार राती एक नेपालीको गोली हानी हत्या भएको छ ।
अमेरिकाको म्यासाच्युसेटको फल्स रिभरमा आफनै स्टोरमा ५४ वर्षिय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन ।नेपालको धनुषा घर भएका शाहको आफनै स्टोरमा सोमबार राती ९ बजे गोली हानी हत्या गरिएको मधेशी एशोसिएसन अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहले युएसनेपाल पोष्टलाई जानकारी दिएका छन् ।

घटना लुटपाटकै उद्देश्य घटाइएको हुन सक्ने बताइएको छ । गोली हान्ने अभियुक्तलाई प्रहरीले खोजी रहेको छ ।

महासेठ बिगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा बसेर व्यवसाय संचालन गदै आएका थिए ।
महासेठको हत्या प्रति मधेशी एशोसिएसन अमेरिका लगायत अन्य विभिन्न नेपाली संघ संस्थाले घोर भत्र्सना गरेका छन् ।

fall river fatal store shooting suspect

http://www.usnepalpost.com/news/11868
Read Full Discussion Thread for this article