Posted by: haku is back October 19, 2021
"राडोको दशैं "
Login in to Rate this Post:     0       ?        
खासाँ ख पनि होइन खु पनि होइन, मख्ला हो , बाहिरी समुदायले हेर्दा नेवारी भाषा र संस्कृति एकै देखे पनि यो भित्र बिबिद्ता छ । भोट बाट आएका भोटबर्मेली नेवारहरु व्यापार गरेर खासा तातोपानी, रोसी खोला तिर ओखलढुंगा, दिक्तेल, दोलखा, जिरी तिर बसे, तिनीहरुले प्रयोग गर्ने भाषा एउटा छ । अरनिकोले बस्ति बसाएका बनेपा, भादगाउँ , धुलिखेल, खोपे, ल्याखे, पाले, वाले, बुन्ग्मति, खोकना, कोइना चोभार थसी हरु आफ्नो कुल देउता दोलखा भीमसेन मान्छन, यिनको बोल्ने सैली नेवार भैकन फरक छ ।

रातो मछिन्द्र नाथ लाई अस्ट कुल देउता सम्झने आफल, च्यासल, महापाल, धौगल, सौगल, नागबहाल,कुन्ती, चंकी, प्युगल आदि ठाउँमा बोलिने भाषा बेग्लै छ ।
सेता मछिन्द्र नाथ लाइ कुल सम्झने नेवार असन, इन्द्रोचोक, तटको, नबहिल , पाको , क्वात्को आदि क्षेत्रमा बोलिने भाषा अर्कै छ ।

तहगत हिसाबमा बोलिने भाषा अलि बेग्लै हुन्छ जस्तै च्यामे, पोडे, बलामी , व्यंजनकार , चित्रकार, सिल्पकरको एक किसिमको सैली हुन्छ , श्रेष्ठ, प्रधान, महर्जन , डंगोल, रंजित आदिले बोल्ने सैली अलिक फरक हुन्छ ।

म लुवु सानागाउँ , हर्सिद्धि तिर पढे हुर्केको मान्छेको बोल्ने/लेख्ने सैली अलि फरक हुन्छ । सहर ( पाटन) का नेवारले हाम्रो बोल्ने सैली सुन्न साथ गामु ( गाउले ) भनेर हेप्छन । नेवार भाषा महासागर हो , एक तिरको ठिक अर्को तिर बेठिक हुन सक्छ ।
Read Full Discussion Thread for this article